
सप्तरी, १२ मङ्सिरः सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका रहेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका रहेका छन् । विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए । पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ ।”
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ ।
“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ । विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |