Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुर्खेत

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति सङ्घले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१ घण्टा अघि)
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा  ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

सुर्खेत, १२ मङ्सिरः कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले नेपाल नेत्रज्योति सङ्घले समावेशी आँखा तथा कान स्वास्थ्य परियोजना कार्यान्वयनमा ल्याउने भएको छ ।

सङ्घको विकास साझेदार संस्था सिबिएम ग्लोबल र सिबिएम अस्ट्रेलियासँगका सहकार्यमा सञ्चालन हुने ‘सम्भव जीवन’ परियोजनामार्फत कर्णाली प्रदेशका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ ।

परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अस्पताल, आँखा उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने विशेषज्ञ सेवासहितका स्वास्थ्य शिविरमार्फत नागरिकलाई आँखा तथा कानको उपचारका पहुँचमा ल्याउने लक्ष्य परियोजनाले राखेको छ ।

कर्णाली प्रदेशमा आँखा तथा श्रवण स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको विभिन्न अध्ययनले समेत देखाएका छन् । सङ्घले सन् २०२५ मा गरेको वैज्ञानिक अध्ययनअनुसार सुर्खेत र सल्यान जिल्लाका एक हजार ९४६ जना अध्ययन सहभागीमध्ये ३८.९ प्रतिशतमा कुनै न कुनै प्रकारको श्रवण समस्या पाइएको थियो । तीमध्ये १५.९ प्रतिशतमा अशक्तता निम्त्याउन सक्ने स्तरको श्रवण ह्रास देखिएको थियो । अध्ययनले समयमै परीक्षण, रोग पहिचान र उपचार सेवाको विस्तार आवश्यक रहेको औँल्याएको छ ।

त्यसैगरी, प्रदेशमा सन् २०१९ मा गरिएको ‘¥यापिड एसेसमेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस’ सर्वेक्षणले ५० वर्ष वा सोभन्दा माथिका नागरिकमा अन्धोपनाको अवस्था करिब एक प्रतिशत रहेको देखाएको थियो । भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार, आर्थिक कठिनाइ र विशेषज्ञ सेवाको अभाव आँखा उपचारमा पहुँचका प्रमुख चुनौतीका रूपमा रहेका जनाइएको छ ।

सङ्घले यसअघि सन् २०२० देखि २०२५ सम्म सिबिएमसँगैकै सहकार्यमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममार्फत सात हजारभन्दा बढी आँखा तथा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम (२०२०– २०२५) कार्यक्रमबाट प्राप्त अनुभव, उपलब्धि र सिकाइलाई संस्थागत गर्दै यसपटक थप प्रभावकारी तथा बृहत्स्तरमा सेवा विस्तार गर्न लागिएको जाकारी दिनुभयो । उहाँले भन्नुभयो,“‘सम्भव जीवन’ परियोजनाले कर्णाली प्रदेशका नागरिकको दृष्टि तथा श्रवण स्वास्थ्यमा सुधार ल्याउनुका साथै उपचारयोग्य रोगका कारण हुने दृष्टि तथा श्रवण क्षति न्यूनीकरण, अपाङ्गता समावेशी स्वास्थ्य सेवा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।” तीन लाखभन्दा बढीलाई निःशुल्क आँखा तथा कान स्वास्थ्य सेवा

‘सम्भव जीवन’ परियोजना कार्यक्रम व्यवस्थापक दीपक जोशीका अनुसार परियोजनाको दोस्रो चरणअन्तर्गत तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गर्ने लक्ष्य राखिएको छ भने पाँच हजारभन्दा बढी आँखा तथा कानका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ ।

त्यसैगरी, विद्यालयमा आधारित आँखा जाँच कार्यक्रममार्फत करिब तीन हजार विद्यार्थीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गरिनेछ । यसका अतिरिक्त समुदायस्तरमा आँखा तथा कान स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, समयमै रोग पहिचान, आवश्यक उपचार तथा थप विशेषज्ञ सेवाका लागि ‘रेफरल’ प्रणालीलाई प्रभावकारी बनाउने कार्यमा समेत परियोजनाले जोड दिनेछ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच र समावेशितालाई प्राथमिकता दिइने छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दले भन्नुभयो “कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने ध्येयले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याएको हौ । ”

कर्णालीका दुर्गम जिल्लामा बसोबास गर्ने धेरै नागरिक भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् । त्यस्ता नागरिकलाई उपचारका लागि टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्न समुदाय तथा नागरिककै घरदैलो नजिक विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आर्थिक अभाव, भौगोलिक विकटता वा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा देशका विभिन्न क्षेत्रमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • सल्यान
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    परिवार योजना सेवाको पहुँच विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्यमा जोड

  • Post Thumbnail

    झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध

  • म्याग्दीमा पशुमा पूर्ण खोप अभियान

    म्याग्दीमा पशुमा पूर्ण खोप अभियान

  • Post Thumbnail

    सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा  ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

    कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च : नेपाल नेत्रज्योति सङ्घद्वारा ‘सम्भव जीवन परियोजना’ कार्यान्वयन

    Post Thumbnail

    ग्रेटर मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

    खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

    खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन

    Post Thumbnail

    पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution