Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा पशुमा पूर्ण खोप अभियान

पशुलाई महामारीजन्य रोगबाट बचाउनका लागि म्याग्दीमा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
म्याग्दीमा पशुमा पूर्ण खोप अभियान

म्याग्दी, ११ मङ्सिर : पशुलाई महामारीजन्य रोगबाट बचाउनका लागि म्याग्दीमा पशुमा पूर्णखोप अभियान सञ्चालन भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

चालु आर्थिक वर्ष मा पशुमा पूर्ण खोप कार्यक्रम मार्फत एक लाख भन्दा बढी गाई, भैसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्ध पाँच प्रकारका खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख शर्मीला कुमालले जानकारी दिनुभयो ।

मंसिर ९ गतेदेखि शुरु भएको अभियानमा ४३ जना खोपकर्ताहरु परिचालन भएका छन् । मंसिर महिनाभर खोपकर्ताहरु करिब ११ हजार किसानको घरगोठमै पुगेर खोप सेवा दिने केन्द्रका प्रमुख कुमालले बताउनुभयो ।

१४ हजार एक सय ५९ गाई, २३ हजार तीन सय २६ भैसी, ४७ हजार एक सय ८६ बाख्रा, १४ हजार सात सय ९१ भेडा, एक हजार छ सय ६८ बंगुर, चार हजार आठ सय ७७ कुकुर बिरालो र तीन सय ७९ चौरीलाई खोप लगाउने लक्ष्य रहेको छ ।

गाईभैसीलाई खोरेत र लम्की स्किन, भेडाबाख्रालाई पि.पि.आर, कुकुर, बिरालोलाई रेबीज र बंगुर÷सुगुरलाई स्वाइन फिवर विरुद्धको खोप लगाइने केन्द्रका प्रमुख कुमालले बताउनुभयो । जिल्ला सदरमुकाम बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा बाहेक म्याग्दीका ४५ मध्य ४३ वडामा एकैसाथ अभियान सञ्चालन भएको छ ।

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क संकलन, खोपकर्ता नियुक्ती, पालिका स्तरमा जनप्रतिनिधि र अगुवा कृषकहरुलाई अभिमुखीकरण गरि खोप लगाउन प्राविधिकहरुलाई पचिालन गरिएको छ ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बेनी नगरपालिका–३ डाडाखानीका कृषक धनबहादुर श्रीसले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले संक्रामक रोग निर्मुल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा पशुमा पूर्ण खोप अभियान चलाएको छ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

  • Post Thumbnail

    बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र

  • Post Thumbnail

    आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

  • Post Thumbnail

    भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution