Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रौतहट

सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य

सीमा सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग र सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले बताएका छन् ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

रौतहट, १० मङ्सिर: सीमा सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग र सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले बताएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा आज आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी बल’ विषयक अन्तरक्रियामा उनीहरूले सीमा सुरक्षाजस्तो संवेदनशील काममा स्थानीय बासिन्दाको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

सीमानाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरीपैठारी, हातहतियार तथा खरखजाना कारोबार, मानव बेचबिखन र राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायको एकल प्रयास पर्याप्त नहुने भएकाले स्थानीय तह र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्ण्ॉप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीयको सहयोग जुटाउन अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।

रौतहटका सशस्त्र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक चेतराज जोशीले प्राप्त कार्यादेशअनुसार सीमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त र विश्वसनीय बनाउन सुरक्षाकर्मीले स्थानीयबाट सूचना तथा सुझावको अपेक्षा गरेको बताउनुभयो ।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल र ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवीले सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा सीमानाकाबाट हुने अवैध गतिविधि नियन्त्रणका विषयमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको थियो । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीद्वारा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदी, बौधीमाई नगरपालिका–७ का वडाध्यक्ष नरेन्द्रकुमार सिन्हा, वडा नं ८ का पूर्वअध्यक्ष उपेन्द्रदास तत्मालगायत स्थानीय बासिन्दाको सहभागिता थियो ।

  • महोत्तरी
  • रौतहट
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

  • Post Thumbnail

    मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

  • Post Thumbnail

    पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

  • Post Thumbnail

    मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

    Post Thumbnail

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

    Post Thumbnail

    पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

    Post Thumbnail

    होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution