Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ १० मङ्सिर: नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ १० मङ्सिर: नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन माग गरेको हो ।

कांग्रेसले सुकुमवासीलाई हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको बताएको छ । कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहनेगरी होल्डिङ सेन्टरको समन्वय र सहजीकरण समिति गठन गरेको छ ।

मङ्सिर ८ देखि सुरु भएको बैठकमा आज ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

आजको बैठकमा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, डा जीवन राना, धनाकुमारी खतिवडा, लीलादेवी बोखिम लिम्बू, कुसुमदेवी थापामगर, सीता मिजार, डा केदारनरसिंह केसी, भीम श्रीस मगर, तिलकबहादुर रानाभाट, उमा दाहाल, शिवबहादुर सुनार, प्रा डा अमिता प्रधान शाक्य, सनम वेगम, माइकल रामचन्द्र अर्यालले धारणा राख्नुभएको थियो ।

यस्तै, तीर्थबहादुर लामा, कल्पना तिवारी, अनिता देवकोटा, रामकृष्ण चित्रकार, रेनुका काउचा मगर, डा प्रमिलाकुमारी गच्छदार, निमा गिरी, अम्बिकाकुमारी चलाउने, जन्मजय तिमिल्सिना, मीनकृष्ण महर्जन, गीताकुमारी यादव, डा भद्रा पराजुली भण्डारी, खिलानाथ दाहाल, केशव निरौला, वरिष्ठ अधिवक्ता सीताराम केसी, योगेन्द्रकुमार कुँवरले धारणा राख्नुभयो ।

यसैगरी, सुधान्सु कोइराला, डा प्रेमध्वज लामा, सुशील गुरुङ, महेश खरेल, लेखनाथ पोख्रेल, युवराज पाण्डेय, दीपक भट्टराई, नीलकण्ठ रिजाल, लक्ष्मी क्षेत्री पाण्डे, प्रबल थापा, गङ्गा दाहाल, पुनम लामा, ई अनुप श्रेष्ठ, राजु परियार, डा गरिबदास ठाकुर, ई मि अशोककुमार साह, जानुका पन्त, विनिता अधिकारी, अनुज चापागाईँ, उत्तमराज जोशी, मोहन राना, साजनकुमार महतो, मृदुला कोइराला, ई रोहित पौडेलले समेत धारणा राख्नुभयो ।

बैठकमा सत्यनारायण थारू, सिए विद्याभूषण कार्की, राजेन्द्र केसी, सुशील भट्ट, रजनी थापा र भगवती शाही कोशी प्रदेशका सभापति उद्धव थापा, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कर्णाली प्रदेशका सभापति ललितजङ्ग शाहीले धारणा राख्नुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यसैगरी, केन्द्रीय सदस्य बाला अधिकारी तथा नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नुहुने विदेशमा रहनुभएका केन्द्रीय सदस्य सीता सापकोटा घिमिरे, डा बलराम श्रेष्ठ, जीतेन्द्रविक्रम शाही र चन्द्रा अधिकारी (चन्दा)ले लिखित रूपमा आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा पठाउनुभएको कांग्रेसले जनाएको छ ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको भोलि मङ्सिर ११ गते शुक्रबार बिहान ८.३० बजे बैठक पुन: बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो ।

  • काठमाडौँ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

  • स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

    स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

  • Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

  • Post Thumbnail

    प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

    Post Thumbnail

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

    Post Thumbnail

    पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

    Post Thumbnail

    होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution