Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ पर्नुभएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १० मङ्सिर : मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ पर्नुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहनुभएका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उहाँमाथि थप अनुसन्धान भइरहेको राससलाई जानकारी दिनुभयो ।

मलेसियामा कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम सङ्कलन तथा कारोबार भएको आरोपमा प्रहरीले यसअघि पनि विभिन्न उच्च पदस्थ सरकारी अधिकारी र अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो ।

त्यस्तै, कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि यसअघि नै पक्राउ परिसकेको सीआईबीका प्रवक्ता जबराले बताउनुभयो ।

प्रहरीले यस प्रकरणमा संलग्नता र आर्थिक कारोबारका विभिन्न पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

  • काठमाडौँ
  • गोरखा
  • भक्तपुर
  • मोरङ
  • सर्लाही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

  • प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

    प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

  • कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

    कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

  • Post Thumbnail

    वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

    Post Thumbnail

    मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

    Post Thumbnail

    विपद् अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सुरु

    Post Thumbnail

    प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution