Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (२३ मिनेट अघि)
Post Thumbnail

कास्की, १० मङ्सिरः पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२९, लेखनाथको नौबीसे टोलमा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण तथा किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, किसानलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्न र कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

महोत्सवमा धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गर्नुका साथै धान चुट्ने, दँदेरा गर्ने, गुन्द्री बुन्ने र लट्टो तान्ने प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने र सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहारस्वरूप प्रदान गरिने उहाँले बताउनुभयो ।

परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य महोत्सवले लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सहभागिताका लागि ५० जना विदेशी पर्यटकले नाम दर्ता गराइसकेका छन् ।

“हामीले २३औँ संस्करणसम्म रोपाइँ महोत्सव गरिसकेका छौँ । रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भन्ने चासो राख्न थालेपछि तीन वर्षअघि दाइँ महोत्सव सुरु गरेका हौँ । अहिले मेसिनबाट धान रोप्ने, काट्ने तथा थन्क्याउने चलन बढ्दै गएको छ । यस्तो अवस्थामा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने प्रयास गरेका छौँ”, अध्यक्ष भुजेलले भन्नुभयो ।

पोखरालाई सबै मौसममा घुम्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत आयोजना हुन लागेको महोत्सवले कृषि र पर्यटनबीचको सम्बन्ध विस्तार गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताउनुभयो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

  • Post Thumbnail

    फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

  • प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

    प्याराग्लाइडिङमा रमाउँदै पर्यटक

  • कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

    कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

    Post Thumbnail

    पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

    Post Thumbnail

    मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution