Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विराटनगर

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (११ मिनेट अघि)
Post Thumbnail

विराटनगर, १० मङ्सिर : प्रधानमन्त्री वालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार र लगानीका क्षेत्रमा भएका सहमतिको मोरङ उद्योग व्यापार सङ्घले स्वागत गरेको छ ।

सङ्घका अध्यक्ष अनिलकुमार साहले आज सञ्चारकर्मीसँग भ्रमणका उपलब्धिबारे धारणा सार्वजनिक गर्दै यसले नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धमा नयाँ उत्साह थपेको र नेपाली उद्योगी–व्यवसायीलाई लाभ पुग्ने बताउनुभयो ।

उहाँका अनुसार भारतको कोलकाता र विशाखापट्टनमसँगै गुजरातको दीनदयाल र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमतिले नेपालको समुद्रपार व्यापारमा पारवहन दूरी तथा ढुवानी खर्च घटाउनुका साथै समय बचत गर्नेछ ।

त्यस्तै, काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भारत सहमत हुनु नेपालको लामो समयदेखिको माग सम्बोधन भएको सङ्घको भनाइ छ । यसबाट भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन सहज हुनुका साथै हवाई भाडा घट्ने र पर्यटन व्यवसायलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

कञ्चनपुरको बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला–दार्चुला जोड्ने मोटरेबल पुलको उद्घाटन तथा भैरहवा, सुनौली र दोधारा–चाँदनीका जाँच चौकी निर्माणलाई तीव्रता दिने सहमतिले सीमा नाकामा मालवाहक सवारीसाधनको अवरोध हटाई आयात–निर्यात सहज बनाउने सङ्घको विश्वास छ ।

अयोध्या र जनकपुरलाई जोड्ने सरयु–कमला द्रुत रेल सेवा सञ्चालन तथा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम सर्वेक्षण पूरा हुनुलाई सङ्घले पर्यटन र यातायातका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानेको छ ।

चितवनमा कृषि–औद्योगिक पार्क, नेपालमा भारतीय प्रविधि संस्थान र नवप्रवर्तन केन्द्र स्थापना गर्ने सहमतिले कृषि प्रशोधन तथा सूचना प्रविधिका क्षेत्रमा युवा उद्यमीका लागि अवसर सिर्जना गर्ने सङ्घले जनाएको छ । सीमापार बैंकिङ तथा दूरसञ्चार सेवा सहज बनाउने सहमतिले व्यापार, शिक्षा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने उसको विश्वास छ ।

  • कञ्चनपुर
  • काठमाडौँ
  • चितवन
  • दार्चुला
  • मोरङ
  • विराटनगर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

  • Post Thumbnail

    नाका सञ्चालन गर्न ओलाङ्चुङगोलावासीको माग

  • आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

    आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

  • Post Thumbnail

    पहुँच विस्तारको योजनासहित प्रतिवेदन पेस गर्न लगानी कोषलाई निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिको मोरङ उद्योग व्यापार सङ्घद्वारा स्वागत

    Post Thumbnail

    मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

    Post Thumbnail

    विपद् अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सुरु

    Post Thumbnail

    प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution