Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

बागलुङ १० मङ्सिरः गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्र सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति अघि बढाइएको हो ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (८ मिनेट अघि)
Post Thumbnail

बागलुङ १० मङ्सिरः गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्र सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति अघि बढाइएको हो ।

पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार केही सडकको स्तरोन्नति सुरु भइसकेको छ भने केही आयोजना ठेक्का प्रक्रियामा छन् । सडक स्तरोन्नतिसँगै जिल्लामा १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माणको काम अघि बढाइएको छ ।

कार्यालय प्रमुख अनुप थापाका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर रु एक अर्ब ४२ करोडका योजना कार्यान्वयनको चरणमा पुगेका छन् । ती योजनामध्ये २४२ ग्रामीण सडक स्तरोन्नति, १६ झोलुङ्गे पुल र १५ बेलिब्रिज निर्माणका आयोजना छन् ।

“जिल्लाभर चालु आर्थिक वर्षमा २९२ योजना कार्यान्वयनमा गएका छन्, त्यसमध्ये २५ बहुवर्षीय आयोजना हुन् भने अन्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ,” थापाले भन्नुभयो, “बहुवर्षीय योजना पूर्ण रूपमा कार्यान्वयन गर्न थप रु ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ ।”

सडक स्तरोन्नतिका लागि नापजाँच तथा पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ । अधिकांश साना तथा ग्रामीण सडकका लागि रु २५ लाख बराबरको बजेट विनियोजन गरिएको छ भने केही सडकमा रु एक करोड बराबरको बजेट रहेको कार्यालयले जनाएको छ ।

ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले नाली, ग्याबिन जाली, कल्भर्ट निर्माण, खाल्डाखुल्डी मर्मत तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा ढलान गरिनेछ । यसबाट वर्षायाममा सडक अवरुद्ध हुने समस्या कम हुनाका साथै ग्रामीण बस्तीको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकामा रु एक करोड लागतमा मस्तिचौर–बोबाङ सडक र हुन्द्राफेदी–खुङ्गा सडक स्तरोन्नति गरिनेछ । यस्तै, ढोरपाटन नगरपालिका–१ र २ लाई जोड्ने गरी पाखुरीबासमा मोटरेबल पुल निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

  • प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

  • चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

    चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

  • अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

    अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    जब विद्यार्थीले नमूना विद्यालय हेरे …

    जब विद्यार्थीले नमूना विद्यालय हेरे …

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution