Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (८ मिनेट अघि)
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी, १० मङ्सिरः न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएको छ ।

तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्बिर प्रदर्शनीमा राखिएको छ । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीको आयोजना गरिएको उहाँले बताउनुभयो । नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्बिर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्बिरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताउनुभयो ।

“सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ,” उहाँले भन्नुभयो, “यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।”

तस्बिर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्बिरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ ।

राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्बिर–कथामा समेटिएको छ ।

तस्बिर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो ।

  • गण्डकी
  • बारा
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

  • प्रहरी चौकी भवन हस्तान्तरण

    प्रहरी चौकी भवन हस्तान्तरण

  • रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

    रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

  • नारच्याङमा हावाहुरीको वितण्डा

    नारच्याङमा हावाहुरीको वितण्डा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    Post Thumbnail

    मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

    Post Thumbnail

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    प्रहरी चौकी भवन हस्तान्तरण

    प्रहरी चौकी भवन हस्तान्तरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution