
काठमाडौँ, १० मङ्सिरः कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति स्वदेश आइपुगेको हो ।
एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।
नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराएको हो । नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |