Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१७ मिनेट अघि)
पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

कास्की, ९ मङ्सिरः पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तीन अङ्क जोडेको छ । गण्डकीले पहिलो र दोस्रो सेट समान २५–१७ ले जिते पनि तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै गण्डकीले जित सुनिश्चित गरेको हो ।

दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो सेट २९–२७ ले जित्दा दोस्रो सेट १८–२५ ले पुलिसलाई सुम्पिएको थियो ।

तेस्रो सेट २५–१८ ले जितेको एपिएफले चौथो सेट २२–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक सेट १५–१३ ले जित्दै एपिएफले दुई अङ्क जोड्यो । पराजित पुलिसले एक अङ्क प्राप्त गरेको छ ।

यसैगरी खेलमा आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० को सेटमा हराउँदै तीन अङ्क जोडेको हो ।

‘राउन्ड रोबिन’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ गरी छ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र, क्लब, सङ्घसंस्था र खेलप्रेमी समुदायको सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले किङ्स क्लबले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

“गण्डकी प्रदेशमा भलिबलप्रतिको आकर्षण र खेलाडीको प्रतिभा प्रशंसनीय छ । खेलाडीको प्रतिभाको सम्मान गर्दै खेलकुदलाई पेसा र भविष्य निर्माणको माध्यम बनाउनु आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो । प्रतियोगिता संयोजक थमन गुरुङले राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

  • Post Thumbnail

    गेलेफु टी–२० सिरिजः नेपाल ‘ए’ टोली घोषणा

  • Post Thumbnail

    दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

    परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution