Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

धान खरिदमा ढिलाइ हँुदा किसान समस्यामा

कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिदमा ढिलाइ गर्दा किसान समस्यामा परेका छन् ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (१ दिन अघि)
Post Thumbnail

कञ्चनपुर, ८ मङ्सिर ः कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिदमा ढिलाइ गर्दा किसान समस्यामा परेका छन् ।

खाद्यले धान खरिदका लागि पाएको कोटाअनुसार दुई साताअघि ३०० किसानलाई टोकन वितरण गरेको थियो । टोकन पाएका किसानले पनि धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले ३०० किसानलाई टोकन वितरण गरे पनि कोटा नबढेसम्म धान खरिद नगर्ने निर्णय भएपछि किसानहरू समस्यामा परेका छन । खाद्यले ढिलो गरी धान खरिद गर्दा आफुहरु व्यापारीसँग सस्तोमा धान बिक्री गर्न बाध्य भएको यहाँका किसान हिरुलाल चौधरीले बताउनुभयो । “हामीसँग धान भण्डारण गरेर राख्ने ठाउँ छैन खाद्यले खरिद नगर्दा समस्या भएको छ”, उहाँले भन्नुभयो, “बाहिर व्यापारीसँग सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता छ ।” अर्का किसान वीरेन्द्र जोशीले खाद्यबाट धान खरिद नहुँदा भण्डारणमा समस्या हुने गरेको बताउनुभयो । “धान बिक्रीबाट आएको पैसाले गहुँखेती गर्न लगानी गर्छौँ ।” उहाँले भन्नुभयो, “भण्डारणको पनि समस्या पछि धान बिग्रिने समस्या हुन्छ खाद्यले समयमै खरिद गरिदिए किसानलाई राम्रो हुन्थ्यो ।”

किसानबाट धान बिक्रिका लागि माग बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिद पक्रिया रोकेको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा किसानबाट आठ हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको थियो । तर निर्धारित कोटाभन्दा बढी धान बिक्री गर्न किसान आएपछि खरिद प्रक्रिया रोकिएको कम्पनीको शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनुभयो । “हामीले धान खरिदका लागि पाएको कोटाभन्दा बढी किसान धान बिक्रीका लागि आएपछि खरिद प्रक्रिया रोकिएको हो ।” उहाँले भन्नुभयो, “केन्द्रसँग थप २० हजार क्वीन्टल धान खरिदका लागि माग गरेका छौँ त्यसको निर्णय भएपछि मात्रै किसानबाट धान खरिद सुरु हुन्छ ।”

कम्पनीले किसानबाट प्रतिक्वीन्टल तीन हजार ६६० रुपैयाँका दरले धान खरिद गर्ने मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४.२५ मेट्रिकटन रहेको छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

    म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

  • युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

    युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

  • सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

  • Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुनःस्थापनामा सरकारको चासो

    Post Thumbnail

    झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution