Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (४३ मिनेट अघि)
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी, ८ मङ्सिरः तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ ।

मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बन्नुभएका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ ।

विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उहाँले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको हो । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेती विस्तार गर्दै उहाँले अहिले हराभरा कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

“खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु ।”

बानियाँले अहिले साढे दुई रोपनी जमिनमा तरकारीखेती र बिरुवा उत्पादन गर्दै आउनुभएको छ । तीन रोपनीमा केराखेती गर्नुभएको छ । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालन गर्नुभएको छ । उहाँले सञ्चालन गरेको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक रु १२ देखि १५ लाखसम्मको कारोबार हुने गरेको छ ।

फार्ममा तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घर निर्माण गर्नुभएको छ । त्यहाँ सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गर्नुभएको छ ।

उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुन्छ । पछिल्लो समय फोनबाटै कारोबार गर्न सहज भएको छ । व्यापारीलाई तरकारी पठाउने गर्नुभएको छ । व्यापारीले बैंक खातामै रकम जम्मा गरिदिने भएपछि बजारसम्म पुग्नुपर्ने समय र खर्च बचत भएको उहाँको अनुभव छ ।

“तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन । छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उहाँले भन्नुभयो, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ ।”

बानियाँ माहुरीपालन विस्तार गर्ने तयारीमा हुनुहुन्छ । कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उहाँ पुरस्कृतसमेत हुनुभएको छ ।

सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्र भएकाले किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

“विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” उहाँले भन्नुभयो, “उहाँको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन् ।”

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    गुरु नानकको जन्मजयन्ती मनाइँदै

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

  • पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

  • Post Thumbnail

    पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गुरु नानकको जन्मजयन्ती मनाइँदै

    तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

    तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

    Post Thumbnail

    शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

    उग्रतारामा आज भव्य मेला लाग्दै

    उग्रतारामा आज भव्य मेला लाग्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution