Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाउनु भएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (४८ मिनेट अघि)
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

कञ्चनपुर, ७ मङ्सिरः छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाउनु भएको छ । विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उहाँ तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा कृषि उद्यममा लाग्नुभयो ।

सुरुआतमा रु २५ लाख लगानीमा ८० वटा उन्नत जातका बा्रखा गाउँघरबाट सङ्कलन गरेर सुरु भएको फार्ममा अहिले रु ८० लाख लगानी पुगेको छ । अहिले बमले फार्ममा बाख्रा, स्थानीय जातका कुखुरा, कालिज र मौरीपालनसँगै फलफूल बगैँचा समेत स्थापना गरेर व्यवसायलाई विस्तार गर्नुभएको छ ।

“साढे छ वर्ष कोरिया बसेर फकिएपछि गाउँमै उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिए”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखी बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिजसँगै माहुरीपालन समेत विस्तार गरेको छु ।”

भविष्यमा मिनि एग्रो टुरिज्मका रुपमा विकास गर्ने उदेश्यले काम गरिरहेको बमको भनाइ छ । उहाँको फार्ममा स्थानीय जातको दुई हजार कुखुरा र चार सय कालिज रहेका छन । त्यसैगरी उन्नत जातका बाख्रा र मौरी समेत रहेको उहाँले बताउनुभयो ।

“कालिज कैलालीसम्म बिक्रि हुने गरेको छ, बजारको समस्या छैन । स्थानीय स्तरमै बिक्री हुन्छ”, बमले भन्नुभयो, “यस वर्ष रु ६० लाखको ब्यापार गर्ने लक्ष्य छ ।”

सुरुआती वर्षमा प्रतिफल थोरै आएपनि यस वर्ष सबै खर्च कटाएर रु १६ लाख मुनाफा हुने बमको अपेक्षा छ । उहाँको फार्ममा रु १५ हजारदेखी रु २० हजारसम्म तलबमा तीन जना कर्मचारी रहेका छन् । पशुपछी पालनसँगै एमबिएस समेत अध्ययन गर्दै आउनुभएका बमले एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीको स्रोत बढाउन सकिने बताउनुभयो ।

विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गर्नुभएका बमले मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ ।” बमले डेढ विघा जग्गा आफ्नै र १० कठ्ठा जग्गा वार्षिक रु १२ हजारमा भाडामा लिएर काम गरिरहनुभएको छ ।

माहुरीपालनलाई पनि व्यवसायको रुपमा अघि बढाएर मह उत्पादन र बिक्रीबाट थप आम्दानी गर्ने बमको लक्ष्य छ । माहुरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग पुर्याउने भएकाले यसलाई कृषि व्यवसायसँग जोडेर उहाँले अघि बढाउनुभएको हो । बमले १० वटा घारमा माहुरी राख्नुभएको छ । माहुरीको चरनका लागि उहाँले तोरीखेती गर्नुभएको छ ।

“वर्खामा मौरीको लागि चरन नहुँदा चिनी र चास्नी बनाएर पाल्नु परेको थियो,” उहाँले भन्नुभयो, “अहिले चरनकै लागि तोरी पनि लगाएका छौँ, साथसाथै फलफुल बगैचा समेत स्थापना गरिएको छ ।” स्वदेशमै बसेर व्यवसाय गर्ने बमको प्रयासले बेरोजगार युवालाई समेत कृषि तथा पशुपछीपालन क्षेत्रमा सम्भावना खोज्न प्रेरणा दिएको छ । –––

  • कञ्चनपुर
  • कैलाली
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

  • कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

  • Post Thumbnail

    कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

  • Post Thumbnail

    बालौटेमा क्षतिग्रस्त सडक करिब दुई महिनापछि मर्मत सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    Post Thumbnail

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    Post Thumbnail

    मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution