Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
इलाम

कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

नेपालमा चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका-७ स्थित कन्याममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव’ सुरु भएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१४ मिनेट अघि)
Post Thumbnail

इलाम, ५ मङ्सिर: नेपालमा चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका-७ स्थित कन्याममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव’ सुरु भएको छ । चिया पर्यटन प्रवर्द्धन गर्ने तथा सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वाले गर्नुभयो । कन्यामस्थित हुर्हुरेचोकमा तीन वटा चियाको बोट रोपेर मन्त्री लङ्वाले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । त्यसअघि विभिन्न जातजातिको झाँकीले कन्याम बजार परिक्रममा गरेको थियो ।

मन्त्री लङ्वाले इलामलाई पर्यटकीय हबका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले इलामको प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र साँस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके जिल्लालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री लङ्वाले इलामको पहिचान चिया र पर्यटनसँग जोडिएको उल्लेख गर्दै यहाँको पर्यटन प्रववर्द्धका लागि स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो । उहाँले महोत्सव तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमले चियाको प्रवर्द्धन तथा बजारीकरण गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्यहरू टीकाराम सुब्बा, सूर्य वाला राई, लिलादेवी श्रेष्ठसहित स्थानीय तहका प्रतिनिधिहरूले इलामको चियाको ब्राण्डिङ तथा चिया पर्यटन प्रवर्द्धन गर्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको साझेदारीमा सूर्योदय नगरपालिकाले आयोजना गरेको हो । महोत्सवको पहिलो दिन आज नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाहले ‘चिया र पर्यटन’ विषयमा प्रस्तुति दिनुभयो ।

आजै राई, नेवार, तामाङ, लाप्चालगायत जातजातिको मौलिक झाँकी प्रदर्शन, पञ्चेबाजा प्रदर्शन, लाप्चा जातिको भेषभूषा प्रदर्शन, आदिवासी जनजातिको विभिन्न खानाका परिकार प्रदर्शन, सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन भएका विभिन्न ब्राण्डका चियाको स्वाद परीक्षण र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमा १२ वटाभन्दा बढी कक्ष राखिएका छन् ।

महोत्सवको दोस्रो दिन आइतबार बिहान पुरुष र महिलातर्फ छुट्टाछुट्टै ‘टि ट्रेल रेस’ प्रतियोगिता सञ्चालन हुने सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समितिका सचिव खेम राईले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फ कन्याम चिया बगानको पदर्मागमा १२ दशमलव पाँच किलोमिटर र महिलातर्फ नौ किलोमिटर दूरीको टि ट्रेल रेस प्रतियोगिता सञ्चालन हुनेछन् । प्रतियोगितामा ११० जनाको सहभागिता रहने उहाँले बताउनुभयो ।

पुरुषतर्फ पहिलो हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै महिलातर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेले रु पाँच हजार हजार नगद पुरस्कार पाउनेछन् ।

आइतबार दिउँसो ‘जलवायु परिवर्तनको सामना : दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा अन्तरसंवाद हुनेछ । अन्तरसंवादमा प्रतिनिधिसभा सदस्य निश्कल राई, सङ्घीय सरकारको पर्यटन सचिव मुकुन्दप्रसाल निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र र सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालको सहभागिता रहनेछ । अन्तरसंवादको सहजीकरण पत्रकार उमाकान्त खनालले गर्नुहुनेछ ।

त्यस्तै लाप्चासहित विभिन्न जातजातिको मौलिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन, खानाका परिकार प्रदर्शन, चियाको स्वाद परीक्षण र सांस्कृतिक कार्यक्रम दोस्रो दिन पनि सञ्चालन हुने सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनामार्फत सूर्योदय नगरपालिका वडा नं ७ कन्यामबाट वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव पाँच किलोमिटर ‘चिया पदमार्ग’ निर्माण भइरहेको छ । त्यसकै प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको संयोजक लामाले बताउनुभयो ।

  • इलाम
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

    ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

  • Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

  • पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

    पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

  • Post Thumbnail

    कृषि उद्यम प्रवर्द्धनमा कृषि विकास कार्यालय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कन्याममा दुईदिने सूर्योदय चिया महोत्सव सुरु

    Post Thumbnail

    ‘गरिमा रोड रेस’ प्रतियोगिताको उपाधि पुन र रावललाई

    ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

    ‘बालबालिकाको अधिकार संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध छ’

    Post Thumbnail

    करिब दुई महिनापछि पाउद्वारमा विद्युत् सेवा पुनः सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution