Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

कृषि उद्यम प्रवर्द्धनमा कृषि विकास कार्यालय

तनहुँमा उत्पादित कृषिउपजलाई प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरणमार्फत व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यक्रमबाट कृषक तथा कृषि उद्यमी लाभान्वित भएका छन् ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२३ मिनेट अघि)
Post Thumbnail

दमौली (तनहुँ), ५ मङ्सिर: तनहुँमा उत्पादित कृषिउपजलाई प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरणमार्फत व्यावसायिक बनाउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यक्रमबाट कृषक तथा कृषि उद्यमी लाभान्वित भएका छन् ।

जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार कार्यक्रमका लागि रु १३ लाख बजेट विनियोजन भएकामा रु नौ लाख ८१ हजार खर्च भएको छ । कार्यक्रमअन्तर्गत जिल्लाका ११ वटा कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादनपश्चात् उपजको लेबलिङ, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरणका लागि अनुदान सहयोग गरिएको छ ।

कृषिउपजलाई परम्परागत रूपमा बिक्री गर्ने अभ्यासमा सुधार ल्याउँदै उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला व्यवस्थित गर्ने प्रयास गरिएको अधिकारीले बताउनुभयो । किसानले उत्पादन गरेको कृषिउपजलाई आकर्षक तथा सुरक्षित रूपमा प्याकेजिङ गरी आफ्नै पहिचानसहित बजारमा लैजान सहयोग पुगेको उहाँको भनाइ छ ।

कृषि उद्यम तथा कृषकलाई आवश्यकपर्ने विभिन्न कृषि प्रशोधन तथा प्याकेजिङ उपकरणसमेत सहयोग गरिएको छ । जसअनुसार चार वटा डिजिटल तराजु, एउटा रोष्टिङ उपकरण, नौ वटा सिलर उपकरण, तीन वटा डिस्क मिल, एउटा तोरी पोल्ने मिल, दुई वटा स्लाइसर उपकरण र चार वटा कम्बाइन मिल प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, एउटा बोक्रा तास्ने उपकरण, एउटा कनिका झार्ने उपकरण, एउटा ब्याज लेबलिङ उपकरण र एउटा सुकाउने उपकरणसमेत सहयोग गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यी उपकरणको प्रयोगबाट स्थानीयस्तरमा उत्पादित कृषिउपजको प्रशोधन, ग्रेडिङ, प्याकेजिङ तथा लेबलिङ गर्न सहज भएको छ । यसले कृषिउपजलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री गर्नुपर्ने अवस्थाबाट मूल्य अभिवृद्धि गरी बजारमा लैजाने वातावरण निर्माण गर्न सहयोग पुर्‍याएको छ ।

कार्यक्रमअन्तर्गत विशेषगरी मकै, अदुवा, बेसार, महलगायत कृषिउपजको लेबलिङ, प्याकेजिङ, ब्राण्डिङ तथा बजारीकरण गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमबाट जिल्लामा ११ वटा कृषिमा आधारित कृषि उद्यम स्थापना भएका छन् । उत्पादनलाई व्यवसायसँग जोड्दै स्थानीय स्रोतसाधन र कृषिउपजमा आधारित उद्यम सञ्चालन गर्ने वातावरण निर्माण भएको उहाँको भनाइ छ ।

कृषिउपजको उत्पादन बढाउनुका साथै त्यसको प्रशोधन र बजारीकरणमा ध्यान दिनसके किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्नसक्ने भएकाले कार्यक्रमले कृषि उद्यमशीलतालाई प्राथमिकता दिएको हो । स्थानीयस्तरमा उत्पादन हुने मकै, अदुवा, बेसार, महलगायत उपजलाई प्रशोधन तथा प्याकेजिङ गरी बजारमा पठाउँदा उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै उपभोक्तासम्म गुणस्तरीय उत्पादन पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट १०८ जना कृषक तथा कृषि उद्यमी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । तीमध्ये ६८ जना महिला रहेका कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । महिलाको सहभागिता उल्लेख्य रहेकाले कार्यक्रमले कृषि उत्पादनसँगै महिलालाई उद्यमशीलतामा जोड्नसमेत सहयोग पुगेको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख अधिकारीले उत्पादन मात्र गरेर किसानको आय वृद्धि नहुने भएकाले उत्पादित वस्तुको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणलाई पनि कृषि विकासको महत्वपूर्ण पाटोका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

  • जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

  • Post Thumbnail

    दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

  • सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

    सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

    राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

    Post Thumbnail

    कृषि उद्यम प्रवर्द्धनमा कृषि विकास कार्यालय

    Post Thumbnail

    नयाँ पुस्तालाई भैलो नाच सिकाउँदै महोत्सव

    Post Thumbnail

    कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution