Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गुल्मी

गुल्मीमा लोप हुँदै परम्परागत काठका कोल

केही दशक अघिसम्म गाउँघरमा तोरी र चिउरी पेल्नका लागि प्रयोग हुने परम्परागत काठका कोल अहिले विस्तारै लोपहुँदै गएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२८ मिनेट अघि)
Post Thumbnail

गुल्मी, ५ मङ्सिर : केही दशक अघिसम्म गाउँघरमा तोरी र चिउरी पेल्नका लागि प्रयोग हुने परम्परागत काठका कोल अहिले विस्तारै लोपहुँदै गएको छ । पछिल्लो समयमा सहरदेखि गाउँसम्म आधुनिक प्रविधिको विकाससँगै तेल पेल्नका मेसिनको प्रयोग बढेपछि परम्परागत रूपमा तोरी, चिउरी र सरसिउँ पेल्न प्रयोग गरिने परम्परागत कोल गाउँघरबाट विस्तारै लोप हुँदै गएका छन् ।

सालका काठका मुढालाई परम्परागत सीपको प्रयोग गरी निर्माण गरिने यस्ता कोल कुनै समय गाउँघरमा महत्वपूर्ण साधनका रुपमा रही आएका थिए ।

विगतमा गाउँले मिलेर सार्वजनिक स्थानमा कोल गाड्ने र त्यही कोलमा तोरी तथा चिउरी पेलेर तेल निकाल्ने गरिने प्रचलन थियो । घरघरमा उत्पादन हुने तोरी, चिउरी तथा अन्य तेलहन बाली प्रशोधन गर्न गाउँले पालैपालो महिनौसम्म कोलको प्रतीक्षा गर्ने अभ्यास थियो । उक्त परम्परागत प्रविधि अहिले सम्झनामा मात्र सीमित हुन थालेको जिल्लाको मुसिकोट नगरपालिका‐२ पास्तीकी उमाकला घिमिरे बताउनुहुन्छ ।

गुल्मीको मुसिकोट, इस्मा, गुल्मी दरबार, छत्रकोटलगायतका क्षेत्रमा विगतमा काठका कोलको प्रयोग व्यापक रूपमा हुने गरेको थियो । स्थानीयले आफ्नै खेतबारीमा उत्पादन गरेको तोरी, सरसिउँ र वन जङ्गलबाट सङ्कलन गरेको चिउरी प्रशोधन गरी घरायसी प्रयोजनका लागि तेल र चिउरीबाट घिउ उत्पादन गरिन्थ्यो ।

अहिले गाउँघरमा समेत सजिलो र छिटो तरिकाले तेल पेल्न आधुनिक मेसिनको प्रयोगसँगै पुरानो प्रविधि पनि विस्थापित हुँदै जान थालेको छ । छत्रकोट गाउँपालिका–५ हर्दिनेटाका जनक पन्तका अनुसार परम्परागत प्रविधि र सामग्रीको महत्व बुझ्न नसक्दा गाउँघरका पुराना सम्पदा विस्तारै हराउँदै जान थालेको छ ।

पुराना सामग्रीको संरक्षणभन्दा मानिसलाई आफ्नो काम कसरी छिटो र सजिलो तरिकाले गर्न सकिन्छ भन्नेतिर लागेको उहाँको भनाइ छ । नयाँ पुस्तालाई देखाउनका लागि पनि यस्ता परम्परागत प्रविधिको संरक्षणमा स्थानीय सरकार र समुदायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

गुल्मीका गाउँघरमा काठका कोलको महत्व चिउरीसँग पनि जोडिएको छ । तोरी र सरसिउँ पेल्न आधुनिक मेसिनको प्रयोग गरिने भए पनि चिउरीको दानाबाट परम्परागत तरिकाले घिउ निकाल्न गाउँघरमा अझै काठको कोलको प्रयोग गरिँदै आएको छ ।

चिउरी विशेष गरी पहाडी भेगका वनजङ्गल तथा पाखा पखेरामा पाइने फलहो । चिउरीको बियाँलाई सुकाएर कोलमा पिसेपछि घिउ निकाल्ने गरिन्छ । चिउरीको घिउ परम्परागत रूपमा खाना पकाउन, बत्ती बाल्न तथा साबुन र सौन्दर्य सामग्री बनाउनका लागिसमेत प्रयोग हुँदै आएको छ ।

चिउरीको घाँस पशुचौपायाको आहारका रूपमा प्रयोग गरिन्छ भने फूल मौरीका लागि राम्रो चरन क्षेत्र मानिन्छ । गाउँघरमा जेठको अन्तिम सातादेखि चिउरीको दाना सङ्कल नगर्ने र असोजदेखि मङ्सिरसम्म काठको कोलमा पेलेर घिउ निकाल्ने प्रचलन छ ।

काठ काकोलबाट तेल तथा घिउ निकाल्ने प्रक्रिया भने आफैँमा त्यति सहज छैन । कोल सञ्चालन गर्न आवश्यक जनशक्ति चाहिने भएकाले विगतमा गाउँका सबै मानिस मिलेर पालैपालो महिनौैँसम्मकोल चलाउने गरेको गुल्मी दरबार गाउँपालिका‐१ बलिथुमकागङ्गु कुँवर बताउनुहुन्छ ।

उहाँका अनुसार पहिले गाउँमा तोरी र चिउरी पेल्न सबै मिलेर काम गर्ने चलन थियो । एक्लै काम गर्न समस्या हुने भएकाले विगतमा गाउँलेहरूबीच एक आपसमा सहयोग आदानप्रदान हुन्थ्यो । अहिले आधुनिक मेसिनबाट कुनै झन्झेट विना नै तेल पेल्न सकिने भएपछि काठे कोलको प्रयोग विस्तारै घट्दै गएको कुँवरले बताउनुभयो ।

प्रविधिको विकाससँगै जिल्लाका अधिकांश पालिकाबाट काठका कोल हराउँदै गएपनि गुल्मी दरबार, मुसिकोट र छत्रकोट लगायतका पालिकामा स्थानीयवासीले अझै पनि यसको संरक्षण गर्दै आएको पाइएको छ ।

ती स्थानमा अझै पनि परम्परागत तरिकाले चिउरीको दाना पेलेर घिउ उत्पादन गरिँदै आएको छ । जिल्लामा आयोजना हुने विभिन्न मेला महोत्सवमा यस्ता परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिँदै आएको छ । तर दीर्घकालीन रुपमा यस्ता परम्परागत सामग्रीको संरक्षणमा भने अझै पनि खासै ध्यान पुग्न भने नसकेकोे स्थानीय बताउँछन् ।

  • गुल्मी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • खहरेमा पुल निर्माण सुरु

    खहरेमा पुल निर्माण सुरु

  • Post Thumbnail

    कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

  • Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

  • दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

    दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खहरेमा पुल निर्माण सुरु

    खहरेमा पुल निर्माण सुरु

    Post Thumbnail

    गुल्मीमा लोप हुँदै परम्परागत काठका कोल

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution