Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुगु

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।
रासस ४०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२ घण्टा अघि)
दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु, ५ मङ्सिरः जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।

उक्त गाउँपालिका–८ नुवाखेतमा तीन महिनादेखि लगातार सुक्खा पहिरो झरेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । पहिरोका कारण सडक सडक अवरुद्ध हुँदा त्यस गाउँपालिकाका ११ वटै वडावासीलाई आवतजावतमा समस्या परेको स्थानीय विरजङ्ग कार्की बताउनुहुन्छ ।

उक्त सडक अवरुद्ध हुँदा प्राकृतिक सौन्दर्यले परिपूर्ण रारा ताल हेर्न र घुम्न आउने पर्यटकसमेत प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा त्यसक्षेत्र भएर जुम्लाको गोठीज्युला जाने यात्रुलाई समेत अहिले यात्रामा असहज भइरहेको छ ।

जिल्ला सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकलाई समेत अहिले कठिनाइ भएकोछ । स्थानीय कार्कीका अनुसार, लामो समयसम्म सडक अबरुद्ध हुँदा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी तथा अशक्त व्यक्तिहरू बढी प्रभावित भएका छन् ।

पहिरोका कारण सडकसँगै सिँचाइ कुलो, झोलुंगे पुल, खानेपानीका संरचना, स्थानीय तथा पशुचौपाया हिँड्ने गोरेटो बाटो र ठुलो क्षेत्रफलको खेतीयोग्य जमिनमा क्षति पुगेको छ । आसपासका घरबस्ती समेत जोखिम बढेको छ ।

सडक अवरुद्ध हुनुअघि केही मिनेटमा पार गर्न सकिने दूरी अहिले पैदल यात्रामा घण्टौँ लाग्ने लाग्ने गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गत कात्तिक ९ गते पहिरो प्रभावित क्षेत्रको अनुगमन गरी तत्काल सडक सञ्चालनका लागि पहल गर्ने तथा भूगर्भविद्सहितको प्राविधिक अध्ययन गरी उपयुक्त विकल्प खोज्नेबारे छलफल अघि बढाउने प्रतिबद्धता जनाए त्यसले अझै मूर्तरुप लिन सकेको छैन ।

स्थानीय रुपसिङ्ग रोकाया भन्नुहुन्छ, “कर्णाली करिडोर बनेपछि खत्याड–रारा सडक भएर घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ, तर महिनौँदेखि खसेको पहिरोले सडक अवरुद्ध हुँदा पर्यटकले दुःख झेल्नु परिरहेको छ ।” खत्याड गाउँपालिका–८ का स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोबाट प्रभावित क्षेत्रका खेतीयोग्य जमिन र सिँचाइ कुलोमा समेत क्षति पुगेको छ ।

उहाँले भन्नुभयो, “पहिरोले कुलो रहेको चिह्नसमेत मेटाएको छ । अब कुलो पुनर्निर्माण गर्ने अवस्था पनि छैन । कुलो बगाएपछि गाउँपालिका क्षेत्रलाई धान्न सक्ने उब्जाउ खेतीयोग्य जमिन बाँझो हुने अवस्था छ”, स्थानीय देवीलाल कार्की भन्नुहुन्छ, “गहुँ छर्ने समय आइसक्दा पनि सिँचाइ गर्ने कुलो र आवतजावत गर्ने बाटो दुवै क्षतिग्रस्त हुदाँ यहाँका किसान समस्यामा परेका छौँ ।” उहाँका अनुसार झोलुङ्गे पुल रूपमा क्षति भएकाले हिँड्नै नमिल्ने अवस्था छ ।

तथापि, प्रभावित क्षेत्रको सडक खुलाउन तथा पहिरोको दीर्घकालीन समाधान खोज्न खत्याड गाउँपालिका–६ प्रभावित क्षेत्रका वडाध्यक्ष र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवालाबीच निरन्तर छलफल भइरहेको जानकारी दिइएको छ ।

उता पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर तत्काल सडक खुलाउने र दीर्घकालीन समाधानका उपाय पहिचान गर्ने योजनाअनुरुप कार्यालय अघि बढिरहेको प्रतिक्रिया दिनुभयो ।

“उक्त पहिरोको अवस्था अध्ययन गर्न प्राविधिक टोली पठाउँछौँ । पहिरोको प्रकृति हेरेर तत्काल सडक खुलाउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ”, उहाले भन्नुभयो । खत्याड–रारा–गमगढी सडकको प्रवेश मार्गमै पहिरो खसेर लामो समयदेखि यातायात अवरुद्ध हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा समेत असर परेको छ ।

कर्णाली क्षेत्रका अन्य सडकको तुलनामा उक्त खत्याड–रारा सडक छोटो र सुरक्षित सडक मानिँदैआएको छ । पहिलो जानुअघि पछिल्लो समय यही सडक भई रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढिरहेको थियो ।

  • जुम्ला
  • मुगु
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

  • Post Thumbnail

    मिथिलामा ‘लबान’ को लहर

  • Post Thumbnail

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

  • Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

    Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

    Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

    Post Thumbnail

    कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution