Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१० घण्टा अघि)
Post Thumbnail

मुस्ताङ, ५ मङ्सिरः उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले गाउँपालिकाको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् । उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सार्ने गरिएको छ ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार हिउँदयाममा अत्यधिक चिसो र हिमपातका कारण विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा असर पर्ने भएकाले विद्यालयलाई बेसी सारिएको हो । चालु शैक्षिक सत्रको अन्त्यपछि गर्मीयाम सुरु हुँदा विद्यालय पुनः साविककै स्थानमा फर्कनेछन् ।

लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्ज्वल चापागाईँका अनुसार गाउँपालिकाका तीन सामुदायिक र चार संस्थागत विद्यालय बेसी झरेका छन् । सामुदायिकतर्फ दिव्यदीप माध्यमिक विद्यालय, छोनुप झिन्जु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयले घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

त्यस्तै, मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि बेसी झरेका छन् ।

दिव्यदीप माध्यमिक विद्यालयले पोखराको विजयपुर, छोनुप झिन्जु आधारभूत विद्यालयले हेमजा र राष्ट्रिय आधारभूत विद्यालयले तालबेसी किमबेसीमा घुम्ती कक्षा सञ्चालन गरेका छन् । दिव्यदीप र छोनुप झिन्जु विद्यालयले आफ्नै भवनमा तथा राष्ट्रिय आधारभूत विद्यालयले भाडाको भवनमा कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

लोमान्थाङका सामुदायिक विद्यालयलाई घुम्ती कक्षा सञ्चालन गर्न सङ्घीय सरकारबाट सशर्त अनुदानस्वरूप प्रतिविद्यालय तीन लाख ५० हजार विनियोजन गरिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय पनि घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् । गाउँपालिकाका शिक्षा अधिकृत भीम नेपालीका अनुसार चराङ आधारभूत, घमी आधारभूत र जनज्योति माध्यमिक विद्यालयका १८८ विद्यार्थीलाई बेसी सारिएको छ । चराङ छोदे गुम्बा र आनी गुम्बा विद्यालयले पनि घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

लोघेकरका चराङ आधारभूत विद्यालयले पोखराको हेमजा, घमी आधारभूत विद्यालयले विजयपुर र जनज्योति माध्यमिक विद्यालयले तनहुँको दुलेगौडामा भाडाका भवनमा कक्षा सञ्चालन गरेका छन् । घुम्ती कक्षा सञ्चालनका लागि गाउँपालिकाले सामुदायिक विद्यालयलाई २६ लाख बजेट विनियोजन गरेको शिक्षा अधिकृत नेपालीले जानकारी दिनुभयो ।

दुवै गाउँपालिकाबाट सामुदायिक विद्यालयका ३६५ विद्यार्थीलाई जाडो छल्न बेसी झारिएको छ । तीमध्ये लोमान्थाङका १७७ र लोघेकर दामोदरकुण्डका १८८ विद्यार्थी छन् ।

घुम्ती विद्यालय सञ्चालनले अभिभावकलाई पनि सहज भएको छ । विद्यालयमै विद्यार्थीको रेखदेख र पठनपाठन हुने भएकाले अभिभावकलाई बेसीमा आएर व्यापार व्यवसाय गर्न तथा अन्य काममा संलग्न हुन सजिलो भएको छ ।

हिउँदयाममा उपल्लो मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झर्ने गर्छन्। उनीहरू विद्यार्थीहरूसँगै गर्मीयाम सुरु भएपछि वैशाखमा पुनः गाउँ फर्कने गरेका छन् ।

  • तनहुँ
  • मुस्ताङ
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

  • Post Thumbnail

    पत्रकारद्वय गौतम र झालाई ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’

  • Post Thumbnail

    पानको तेस्रो राष्ट्रिय शिखर सम्मेलन जनकपुरमा

  • Post Thumbnail

    विश्व दर्शनशास्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    Post Thumbnail

    व्यासको ऐतिहासिक तथा पुरातात्विक सम्पदा चिनाउन ग्रामीण पर्यटन मेला

    गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

    गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

    Post Thumbnail

    पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution