Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विश्व दर्शनशास्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

विश्वको सबैभन्दा प्राचीन चिन्तनका रूपमा रहेको दर्शनशास्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विश्वको प्राचीन दर्शन विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा प्रस्ताव पारित गरेर हरेक वर्षको नोभेम्बरको तेस्रो बिहीबार ‘विश्व दर्शनशास्त्र दिवस’ मनाउन सुरु गरेको थियो ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (१३ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ३ मङ्सिर: विश्वको सबैभन्दा प्राचीन चिन्तनका रूपमा रहेको दर्शनशास्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विश्वको प्राचीन दर्शन विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले सन् २००२ मा प्रस्ताव पारित गरेर हरेक वर्षको नोभेम्बरको तेस्रो बिहीबार ‘विश्व दर्शनशास्त्र दिवस’ मनाउन सुरु गरेको थियो । सोही वर्षदेखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा भने सन् २०१२ देखि विश्व दर्शनशाास्त्र दिवस मनाउन थालिएको हो । यस अवसरमा विश्वभरिका दर्शनशास्त्री, दर्शनशास्त्रप्रेमी, स्वतन्त्रताप्रेमी, मानवतावादी तथा अन्य सरोकार भएकाहरूले विभिन्न कार्यक्रम गरेर दर्शनशास्त्रको महत्वमाथि प्रकाश पार्ने गरेका छन् । यो दिवस त्रिभुवन विश्वविद्यालय मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभाग, नेपाल नेपाल प्रज्ञा-प्रतिष्ठान, दर्शनशास्त्र अध्ययन केन्द्र, जरोकिलो प्रतिष्ठान नेपाललगायत सङ्घंस्थाहरूले विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

नेपालमा दर्शनशास्त्रको अध्यापन सन् १९१८ देखि त्रिचन्द्र कलेजमा आरम्भ भएको थियो । तत्कालीन त्रिचन्द्र कलेज पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभागका प्रा गोविन्दशरण उपाध्यायले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रिचन्द्र क्याम्पसमा प्रा डा गोदत्तमान श्रेष्ठको (क्याम्पस प्रमुख) ले स्नातक तहमा दर्शनशास्त्र पढाउनुभएको अभिलेखमा उल्लेख गरिएको उहाँले बताउनुभयो । त्रिविविले विराटनगर, लहान, पाटन, रत्नराज्य र त्रिचन्द्रलाई दर्शनशास्त्र पढ्ने/पढाउने सम्बन्धन दिएकामा हाल रत्नराज्य र पाटनमाबाहेक सबैतिर पठनपाठन हुने गरेको जनाइएको छ ।

प्रा उपाध्यायका अनुसार दर्शन भनेको ज्ञानको आँखा हो, ज्ञान भनेको जीवन सञ्चालन गर्ने, जीवन र जगत्लाई सत्मार्गमा लगाउने अर्थात् सत्यम्, शिवम्, सुन्दरम्को प्रत्याभूति दिने आन्तरिक शक्ति र विज्ञान हो । “मानव जीवनलाई सकारात्मक मार्गमा लैजान यसको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले दर्शन र दर्शनसम्बन्धी ज्ञानले भरिएका शास्त्र-ठेलीको मूल्यमान्यता अत्यधिक हुने भएकाले पनि यो दिवस मनाउनु अर्थपूर्ण मानिन्छ”, उहाँले भन्नुभयो ।

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    पानको तेस्रो राष्ट्रिय शिखर सम्मेलन जनकपुरमा

  • Post Thumbnail

    प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

  • Post Thumbnail

    यौनजन्य हिंसाविरुद्ध सचेतना कक्षा

  • Post Thumbnail

    पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पर्वतीय क्षेत्रका समस्या सम्बोधन गर्न कोप–३१ मा छुट्टै कार्ययोजना प्रस्ताव

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

    Post Thumbnail

    नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution