
जनकपुरधाम, ५ मङ्सिरः शिक्षा क्षेत्रका गतिविधि, उपलब्धि र चुनौतीलाई पत्रकारितामार्फत उजागर गर्दै आएका पत्रकारद्वय दिनेश गौतम र मणिका झा यस वर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’बाट सम्मानित हुनुभएको छ ।
प्रधानाध्यापक सङ्घ नेपाल (पान)ले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ को अवसरमा उहाँहरूलाई जनही नगद रु २५ हजारसहित सम्मान गरेको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारद्वयलाई अवार्ड प्रदान गर्नुभयो ।
सोहीअवसरमा राष्ट्रिय शिक्षा पुरस्कारबाट काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति स्वर्गीय प्रा डा सुरेशराज शर्मालाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षामा योगदान पु¥याउने स्थानीय तह, विद्यालय तथा प्रधानाध्यापकलाई समेत विभिन्न विधामा सम्मान गरेको छ ।
स्थानीय सरकार पुरस्कारअन्तर्गत महानगरपालिका तथा उपमहानगरपालिकासहित प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको हो ।
त्यस्तै, विद्यालय पुरस्कारअन्तर्गत सातै प्रदेशका उत्कृष्ट सामुदायिक माध्यमिक तथा आधारभूत विद्यालय र प्रधानाध्यापक पुरस्कारअन्तर्गत उत्कृष्ट विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । सङ्घका मधेस प्रदेश संयोजक सञ्जयकुमार झाका अनुसार आधारभूत र माध्यमिक तहका गरी १४ विद्यालय, १५ स्थानीय तह तथा १४ प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
आधारभूत तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेसबाट प्रेमकुमारी यादव, बागमतीबाट विनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर सम्मानित हुनुभएको छ ।
आधारभूत तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेशबाट प्रेमकुमारी यादव, बागमतीबाट बिवनता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर सम्मानित हुनुभएको छ ।
त्यस्तै माध्यमिक तहतर्फ कोशीबाट डा इन्द्रमोहन झा, मधेसबाट गौरीशङ्कर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट सम्मानित हुनुभएको छ ।
प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमका अनुसार मङ्सिर ४ गतेदेखि सुरु भएको सम्मेलन ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा देशभरबाट करिब एक हजारको सहभागिता रहेको आयोजकले जनाएको छ । –––


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |