Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

मिथिलामा ‘लबान’ को लहर

चन्द्रमासको कार्तिक शुक्ल द्वादशी तिथिसँगै मधेसको मिथिला क्षेत्रमा ‘लबान’ पर्व सुरु भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

महोत्तरी, ५ मङ्सिरः चन्द्रमासको कार्तिक शुक्ल द्वादशी तिथिसँगै मधेसको मिथिला क्षेत्रमा ‘लबान’ पर्व सुरु भएको छ ।

नयाँ अन्न घर प्रयोग र यज्ञयज्ञादि शुभकार्यमा पवित्र बनाइने विधिका रुपमा यो पर्व मिथिलाका घरघरै मनाउने चलन छ । नयाँ धानबाली दाइँ गरेपछि मनाइने यो पर्व हरिबोधिनी एकदशी व्रतको साङ्गतासँगै मिथिलामा ‘लबान’का रुपमा मनाउने गरिएको छ ।

सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार मनाउने गरिएकामा पछिल्ला केही दशकयता भने मङ्सिरमा पाक्ने रैथाने जातका धान लगाउन छाडिएपछि हरिबोधनीको व्रत साङ्गतासँगै जोडेर यो पर्व मनाउन थालिएको हो । पछिल्ला वर्षमा कात्तिकमै पाक्ने उन्नत जातका धान लगाउने प्रचलन बढ्दै गएको छ ।

“होम र यज्ञका लागि कार्तिक शुक्ल द्वादशी सर्वोत्तम तिथि मानिन्छ, अचेल नयाँ जातका धान यसबेलाअघि नै तयार गरीसकिएको हुन्छ”, भङ्गाहा–५ सिद्धपुरका बासिन्दा मैथिली लोकपरम्पराका जानकार ६५ वर्षीय रामनारायण झा भन्नुहुन्छ, “त्यसैले धेरैजसोले यसै दिन ‘लबान’ को होमयज्ञ आयोजना गर्न लागेका हुन् ।” झाका अनुसार, संस्कृतमा ‘नवान्न’ (नयाँ अन्न) को होम गरेर प्रयोगमा ल्याइने पुरानो वैदिक परम्परा नै पछि मैथिली बोलीचालीमा ‘लबान’ भएको हो ।

अन्नबालीमा धान मुख्य मानिने पहिलेदेखिकै मान्यताले यावत् अन्नलाई संस्कृतमा एकमुष्ट भनिदा ‘धान्यादि’ भनिएको पाइन्छ । यसै मान्यताले धानको विधिपूर्वक होमयज्ञ गरेपछि वर्षभरिका सबै अन्न घर प्रयोग र विभिन्न यज्ञयज्ञादि शुभकार्यमा चलाइन सकिने धार्मिक मान्यताले यो पर्व परम्परा सुरु भएको मैथिल क्षेत्रका पाकाहरु बताउँछन् । “धान होम गरेपछि वर्षभरि सबै अन्नको प्रयोग खुल्छ”, एकडाराको भटौलियाका बासिन्दा संस्कृतिविद् ७० वर्षीय विजयलाल कर्ण भन्नुहुन्छ ।

यस पर्वमा नयाँ धान कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्नीमा होम गरी भगवान विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ । त्यो विधिसँगै पुरोहितलाई भोजन गराएर दक्षिणासहित नयाँ अन्नको सिधा दान गरिँदै आएको छ । उक्त विधिपछि सबै अन्न वर्षभरि चलन गर्न सकिने मान्यता छ । उक्त विधिमा ग्रामदेवताको पूजा गरिने चलनसमेत छ । ‘लबान’ यज्ञका लागि बनेका सबै परिकार देवतालाई चढाएपछि नयाँ अन्नको प्रयोग खुल्ने मैथिल परम्परा रहेको कर्णले स्पष्ट पार्नुभयो ।

उक्त विधिलाई पहाडी परम्पराका ‘न्वागी खाने’ भन्ने परम्परा छ । महोत्तरी जिल्लाको सुदुर उत्तरी क्षेत्रमा घरघरैजसो नवान्न अर्थात् (हिउँदे धान) को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गरेका छन् । मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ । यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ पनि भनिन्छ ।

यस पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू परम्पराका पर्वते समुदायको चलन छ । संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पाहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न वर्षभरि खानपिनमा प्रयोग गर्न सकिने मान्यता छ ।

वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनअघि होमादी नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो मान्यता छ । सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खाने’ कार्तिक शुक्ल द्वादशी प्रमुख रुपमा रहेपनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादी गर्न सकिने परम्परा रहेको कर्मकाण्डका ज्ञाता बर्दिबास–१ का बासिन्दा पण्डित भागवत् काफ्ले बताउनुहुन्छ ।

  • पर्वत
  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

  • दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

    दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

  • Post Thumbnail

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

  • Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

    Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

    Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution