Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा रहनुभएका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनमा विश्वकै प्रमुख गन्तव्य एवं केन्द्र बनाउनुपर्ने बताउनुहुन्छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१० मिनेट अघि)
Post Thumbnail

नारायणगढ (चितवन), ५ मङ्सिरः चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा रहनुभएका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनमा विश्वकै प्रमुख गन्तव्य एवं केन्द्र बनाउनुपर्ने बताउनुहुन्छ । आफूले मुलुकमा वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन, नेपालका ऐतिहासिक, पौराणिक एवं पवित्र तीर्थस्थलहरुको पहिचान र प्रचार, गण्डकीसहित शालग्राम सभ्यताको संरक्षण र मुक्तिनाथको सेवाको प्रमुख उद्देश्य पनि यही रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय नेपाललाई वैदिक ज्ञान र दर्शनको विश्वको एक प्रमुख गन्तव्य बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा स्वामी कमलनयनाचार्यको जोड छ । नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्र मोक्ष दिव्यधाममा यही मङ्सिर १ देखि सुरु भएको अष्टाचल धनधाञ्यचल विराट महायज्ञ पनि यही बृहत् सङ्कल्पकै एक कडी हो ।

सो महायज्ञका लागि मुक्तिनाथबाट सुरु भएको एकमहिने रथयात्रा गत कात्तिक ३० गते उक्त धाममा आइपुगेको थियो । त्यसै अवसरमा रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “नेपालमा अनेकौँ विश्वविद्यालय छन् । संस्कृत विश्वविद्यालय पनि छ । तर वैदिक ज्ञान, पूर्वीय दर्शन र वाङ्मयको संरक्षण, अनुसन्धान तथा अन्तरराष्ट्रिय अध्ययनका लागि विशिष्ट वैदिक विश्वविद्यालयको आवश्यकता छ । अबको मेरो नयाँ लक्ष्य भनौँ या सङ्कल्प यही हो ।”

धार्मिक या सनातनी कार्य भनेको पूजा, पाठ र यज्ञमा मात्र सीमित नराखी यसमार्फत सामाजिक रूपान्तरण, शिक्षा र संस्कृतिको विकास एवं राष्ट्रिय समृद्धि निर्माण हुनुपर्ने स्वामी कमलनयनाचार्यको भनाइ छ । काठमाडौँ र भक्तपुर सङ्गमको पञ्चमहालक्ष्मी श्रीपीठ, बागलुङको पञ्चकोट सर्वसिद्धिधाम, मुक्तिनाथ जाने साधुसन्त तथा तीर्थयात्रीको सेवा तथा आश्रम, गौसेवा र अनेकौँ संस्कृत वेदविद्याश्रम, गजेन्द्रमोक्ष दिव्यधाम आदिको निर्माण उहाँको अभियानका पछिल्ला केही तीर्थस्थल र धार्मिक पर्यटकीय पूर्वाधार हुन् ।

स्वामी कमलनयनाचार्यले अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको अगुवाइमा धार्मिक तथा सामाजिक अभियान सञ्चालन गर्दै आउनुभएको छ । यो पछिल्लो महायज्ञको महत्वपूर्ण उद्देश्य श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गर्दै वैदिक विश्वविद्यालय स्थापना गर्नु हो । साथै गजेन्द्रमोक्षको पौराणिक महिमा र नेपालको धार्मिक पहिचानलाई विश्वसमक्ष स्थापित गर्ने माध्यम पनि हो ।

उहाँ भन्नुहुन्छ, “हामीले हाम्रा धार्मिक, सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्नसके नेपाल विश्वकै महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्दछ । अहिले दुनियाँ शान्ति, पूर्वीय दर्शन र चिन्तनमा आकर्षित छ । यस कार्यको प्रमुख केन्द्र अथवा उत्कृष्ट गन्तव्य नेपाल नै बन्न सक्दछ र बनाउनुपर्छ ।”

विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ धामप्रतिको समर्पण स्वामी कमलनयनाचार्यको जीवनको महत्वपूर्ण पक्ष हो । उहाँले मुक्तिनाथ क्षेत्रको धार्मिक सेवा र तीर्थयात्रीको सुविधाका लागि करिब चार दशकदेखि काम गर्दै आउनुभएको छ । त्यहाँ साधुसन्त, तीर्थयात्री र बिरामीको सेवामा विभिन्न सेवा परियोजना सञ्चालनमा छन् ।

मुक्तिनाथको धार्मिक महिमा विश्वका प्रसिद्ध तीर्थस्थलभन्दा माथि रहेको भए पनि आफ्नै तीर्थस्थलको पर्याप्त प्रचार गर्न नसकिएको स्वामी कमलनयनाचार्यको गुनासो छ । मुक्तिनाथको धार्मिक महिमा देशभर फैलाउने उद्देश्यले नै मुक्तिनाथ रथयात्रा सुरु गरिएको थियो ।

यस वर्ष गत कात्तिक ८ गते सुरु भएको रथयात्रा सम्पूर्ण देश दर्शन गरी ३० गते गजेन्द्रमोक्ष धाम पुगेको हो । उहाँले भन्नुभयो “यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु र नेपालका गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो ।”

रथयात्रासँगै गण्डकीको जल, हरिद्वारमा सम्पन्न महायज्ञको कलश र धार्मिक प्रतीक ल्याइएको तथा यसले मुक्तिनाथ र गण्डकी क्षेत्रको धार्मिक महत्वको प्रचारमा सहयोग पुग्ने उहाँको अपेक्षा छ । स्वामी कमलनयनाचार्य गण्डकी नदी र शालग्रामको सम्बन्धलाई नेपालको विशिष्ट धार्मिक पहिचानका रूपमा व्याख्या गर्नुहुन्छ । विश्वका लाखौँ मन्दिर र करोडौँ हिन्दू परिवारमा पूजा गरिने शालग्राम शिला गण्डकी नदीले नै जन्माउने भएकाले यसको संरक्षण र प्रचार नेपालको महत्वपूर्ण जिम्मेवारी भएको उहाँको भनाइ छ ।

“जल हाम्रो सभ्यता, संस्कृति एवं जीवन हो । जल रहे हामी रहन्छौँ । यही सन्देश विश्वभर पु¥याउन पञ्चकोटमा विश्वशान्ति गण्डकी कलश निर्माणको अभियान थालिएको हो”, स्वामी कमलनयनाचार्यको भनाइ छ ।

मुक्तिनाथ र त्रिवेणीधामजस्ता धार्मिकस्थललाई जोडेर पर्यटनको नयाँ सम्भावना विस्तार गर्न सकिने उहाँ बताउनुहुन्छ । गजेन्द्रमोक्ष धाममा भारतबाट पनि दैनिक कैयौँ तीर्थयात्री आउने गरेको उल्लेख गर्दै नेपालका धार्मिकस्थललाई अन्तरराष्ट्रिय रुपमा चिनाउनुपर्नेमा जोड दिनुहुन्छ ।

स्वामी कमलनयनाचार्यले वैदिक सनातन साथै सर्वधर्म अनुयायीहरुलाई वैदिक दर्शनको मूल भावना विश्वकल्याण, दया, करुणा र मैत्री भएकाले त्यसैको प्रचारमा लाग्न आह्वान पनि गर्नुभयो । ‘सर्वे भवन्तु सुखिनः, लोकाः समस्ताः सुखिनो भवन्तु’ अर्थात् सबै सुखी होऊन्, संसारका सबै प्राणी सुखी होऊन् भन्ने वैदिक मान्यतालाई उहाँले सनातन धर्मको मूल दर्शनका रूपमा लिनुहुन्छ ।

गजेन्द्रमोक्ष धाम सर्वधर्म सम्प्रदायको साझा तीर्थस्थल भएको स्वामी कमलनयनाचार्यको धारणा छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको महत्व औँल्याउँदै उहाँ धर्मका आधारमा विभाजित हुनुको सट्टा मानवताको मूल्यमा सबै जोडिनुपर्ने उहाँ बताउनुहुन्छ । भोटेकोशी बाढीको क्षतिले आफूलाई गहिरो पीडा दिएको बताउँदै उहाँले प्राकृतिकलगायत विविध विपत्तिमा ज्यान गुमाएकाको आत्मशान्ति र सद्गतिको कामनासहित यस महायज्ञमा विशेष पितृमुक्ति अनुष्ठान गरिनेछ ।

मङ्सिर महिनाभर सञ्चालन हुने यस महायज्ञमा वेद, पुराण, उपनिषद् तथा वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान र हवनका अतिरिक्त पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजन र विशेष धान्याञ्चल अनुष्ठान गरिने भएकाले सहभागी भएर पुण्य आर्जन गर्न उहाँको आग्रह छ ।

उक्त महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर विश्वविद्यालय स्थापनाका अतिरिक्त हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण होस्, नेपालका तीर्थस्थलको प्रचार एवं नेपाल वैदिक ज्ञान तथा धार्मिक पर्यटनको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित होस् भन्ने स्वामी कमलनयनाचार्यको धारणा छ । यी कार्यका लागि सरकार र निजी क्षेत्रको सहयोग निकै महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

  • काठमाडौँ
  • चितवन
  • नवलपरासी
  • नारायणगढ
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

  • Post Thumbnail

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

  • Post Thumbnail

    नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

  • महिला जनप्रतिनिधि भन्छन्, “लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन”

    महिला जनप्रतिनिधि भन्छन्, “लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन”

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

    Post Thumbnail

    कात्तिकमा ७० लाखको सामान बरामद

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution