Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

विना लगानी बक्सिङमा अब्बल ‘बाजुरा’

कर्णाली प्रदेशको सुर्खेतमा हुने आसन्न दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सुदूरपश्चिम प्रदेशस्तरीय बक्सिङ खेलको छनौटमा बाजुराका पाँच जना महिला बक्सरले स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगिताको यात्रा सुरक्षित गर्नुभयो ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१८ मिनेट अघि)
Post Thumbnail

महेन्द्रनगर, १ मङ्सिर ः कर्णाली प्रदेशको सुर्खेतमा हुने आसन्न दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सुदूरपश्चिम प्रदेशस्तरीय बक्सिङ खेलको छनौटमा बाजुराका पाँच जना महिला बक्सरले स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगिताको यात्रा सुरक्षित गर्नुभयो ।

तर बाजुराले दशकौँ अघि अस्थायी रुपमा तीन महिनाका लागि बक्सिङ प्रशिक्षक पाउनुबाहेक राज्यको कुनै लगानी पाएका छैनन् । सुदूरपश्चिमको विटक पहाडी जिल्ला बाजुराले बक्सिङ खेलमा १० तौल समूहमध्ये महिलातर्फ प्रदेशमै ५० प्रतिशत हिस्सा ओगेको यो पहिलो पटक भने होइन । यहाँका बक्सिङ खेलाडीहरुले विगत लामो समयदेखि निरन्तर रुपमा राष्ट्रिय प्रतियोगितामा उपस्थिति जनाउँदै आएका छन् ।

पछिल्ला केही वर्षयता पूर्वराष्ट्रिय बक्सर एवं स्वयं सेवक प्रशिक्षकले थानेको बाजुराको बक्सिङ प्रशिक्षण पाएर अब्बल खेलाडी उत्पादनका रुपमा बाजुरा परिचित हुँदै गएको छ । दशौँ बृहत् राष्ट्रिय खेलकुदका लागि धनगढीमा भएको प्रदेश छनौटमा बाजुरामा महिला बक्सर ५१ किलो तौल समूहमा विनिता जैसी, ५४ मा दीपा रावल, ५७ किलो तौल समूहमा कविता सिंह, ६० किलो तौल समूहमा करुणा थापा र ७५ किलो तौल समूहमा प्रतीक्षा रोकायाले स्वर्ण जित्दै आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरको प्रतिनिधित्व गर्ने भएकी छिन् ।

बाजुरामा बक्सिङको स्वयम् सेवक प्रशिक्षकका रुपमा कार्यरत पूर्वखेलाडी योगेन्द्र थापाले विगत लामो समयदेखि बाजुराले मुलुकका लागि बक्सिङ खेलाडी उत्पादन गरेको बताउनुभयो । “साताँै बहृत् यता मैले नै बुढीगङ्गा र मार्तडीमा प्रशिक्षण गराएर खेलाडी उत्पादनमा लागेको छु”, थापाले भन्नुभयो, “अहिले मात्रै होइन राष्ट्रियस्तरमै हामीले पुनम रावल जस्ता प्रतिभावान बसक्र दियाँै तर बाजुरालाई राज्यको लगानी बक्सिङमा शून्य प्रायः छ ।”

हाल छनौट भएका कविता सिंह, प्रतीक्षा रोकाय र विनिता जैसी यसअघि पनि राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भइ सकेका खेलाडी हुन् । भने करुणा र दीपा नयाँ खेलाडी हुन् । बक्सिङमा आबद्ध भएका छोटो समयमै दुई खेलाडीले सफलता हासिल गरेको स्वयंसेवक प्रशिक्षक थापाको भनाइ छ ।

“सुदूरपश्चिममै पहाडी जिल्लामा बक्सिङ खेलाडी उत्पादनका हिसाले बाजुरा अग्रस्थानतमा आउँछ ।” उहाँले भन्नुभयो, “विना खेल पूर्वाधार, विना खेल सामग्री । मागेका सामानको भरमा प्रशिक्षण गराएको धेरै समय बितिसक्यो”, उहाँले राष्ट्रिय खेलकुद परिषद्बाट विगतमा पाइएको खेल सामग्रीहरु अहिले पनि टाला हालेर प्रशिक्षण गराइरहेको बताउनुभयो ।”

“प्रदेश खेलकुद परिषद् छ । तर हामीले एउटा खेल सामाग्री पाएका छैनौँ”, उहाँले भन्नुभयो, “बक्सिङप्रतिको माया र विगतदेखिको साइनोले स्वयंसेवक भएर निःस्वार्थ प्रशिक्षणमा जुटेका छौँ ।”

पछिल्लो पाँच वर्षयता अर्का स्वयंसेवक प्रशिक्षक हिम्मत शाही पनि बाजुरामा खेलाडी उत्पादनमा सक्रिय हुनुहुन्छ । “बाजुराले स्थायी रुपमा कहिल्यै प्रशिक्षक पाएन”, शाहीले भन्नुभयो, “अब राज्यले खेलाडीहरुको नतिजा हेरेर पनि सोहीअनुसार जिल्लामा लगानी गर्नुपर्छ ।” आफूले बाजुराको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा प्रशिक्षक खोज्दै आफू कञ्चनपुरसम्म पुगेको उहाँको भनाइ छ । त्यसैगरी अग्रज बक्सिङ स्वयम् सेवक प्रशिक्षक थापाले आफूलाई सहायक बक्सिङ प्रशिक्षकका रुपमा बाजुराको बुढीगंगा नगरपालिकाले २२ महिना राखेको बताउनुभयो । “रकम अभाव भनेर पछि मलाई हटायो”, उहाँले भन्नुभयो, “अहिले पनि मातर्डीमा होटलमा बसेर प्रशिक्षण गराउने गरेको छु ।” उहाँले बाजुराले सरकारबाट बक्सिङ प्रशिक्षक पाउने आशा हराउँदै गएको बताउनुभयो ।

त्यसैगरी नेपाली बक्सिङका मुख्य प्रशिक्षक डम्बर दत्त भट्टले कञ्चनपुरमा मात्रै राष्ट्रिय खेलकुद परिषद्बाट कञ्चनपुरमा मात्रै एक जना स्थायी प्रशिक्षक रहेको जानकारी दिनुभयो । “सबैतिर स्वयंसेवक प्रशिक्षकले यहाँ खेलाडी उत्पादनमा योगदान दिएका छन्”, उहाँले भन्नुभयो, “खेलाडी र प्रशिक्षकको जीवन निर्वाहका लागि पनि राज्यले सोच्नुपर्ने हुन्छ ।”

  • कञ्चनपुर
  • बाजुरा
  • महेन्द्रनगर
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

  • Post Thumbnail

    त्रिभुवन आर्मी फुटबल क्लबको ९ गोल

  • Post Thumbnail

    एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विना लगानी बक्सिङमा अब्बल ‘बाजुरा’

    Post Thumbnail

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    Post Thumbnail

    सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

    हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

    हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution