
काठमाडौँ, १ मङ्सिर ः नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत प्लेअफको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।
उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।
यस्तै, आज ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पेलम्यान र शेर मल्लले २–२ तथा किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिए ।
आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजय व्यहोर्ने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |