Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

त्रिभुवन आर्मी फुटबल क्लबको ९ गोल

प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सोमबार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ९ गोल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (६ घण्टा अघि)
Post Thumbnail

सुनसरी, १ मङ्सिरः प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको सोमबार राति भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ९ गोल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गत शनिबारदेखि धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो । खेलको दोस्रो मिनेटमै दीपा शाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन । त्यसपछि उनले पाँचौँ र २३ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन । सोह्रौँ मिनेटमा विमला चौधरीले गोल थपिन भने १९औँ मिनेटमा जेनिफर रानाले गोल गरिन । खेलको ३२औँ मिनेटमा जेनिफरले पुन व्यक्तिगत दोस्रो गोल गरिन भने ३७ औँ मिनेटमा दीपाले व्यक्तिगत चौथो गोल गरेपछि आर्मीले पहिलो हाफमा ७–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको २० औँ मिनेटमा जेनिफरले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन । खेलको ३७ औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० गोल अन्तरले विजयी भएको हो ।

उक्त खेलको ‘म्यान अफ दी म्याच’ आर्मीकी दीपा शाही घोषित भइन । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । डि–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

  • Post Thumbnail

    एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

  • Post Thumbnail

    त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

  • Post Thumbnail

    करातेका खेलाडी छनोट, स्वर्ण पदक जित्नेलाई एक लाख पुरस्कार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution