Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

बाँके निकुञ्जमा पर्यटक भित्र्याउन विशेष प्याकेजको तयारी

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन नेपालगन्ज र कोहलपुरका पाँचतारे होटेलसहितका केही होटेलले विशेष प्याकेज निर्माण गर्ने भएका छन् ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (६ घण्टा अघि)
Post Thumbnail

बाँके, ३० कात्तिकः बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन नेपालगन्ज र कोहलपुरका पाँचतारे होटेलसहितका केही होटेलले विशेष प्याकेज निर्माण गर्ने भएका छन् ।

निकुञ्जमा पाँच जङ्गल सफारी रुट सञ्चालनमा आएसँगै पर्यटन प्रवर्द्धन र पर्यटकको बसाइ अवधि बढाउन बाँकेका तारे होटललगायत व्यवसायीले यस वर्षका लागि एकीकृत ‘सफारी प्याकेज’ निर्माणको पहल लिएका छन् ।

निकुञ्जको प्राकृतिक सुन्दरता, जैविक विविधता र वन्यजन्तुलाई पर्यटकीय रूपमा विकास गर्ने उद्देश्यले नेपालगन्ज र कोहलपुरका होटल व्यवसायीले सरोकारवाला व्यवसायीसँगको सहकार्यमा सो प्याकेज निर्माण गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक पर्यटकलाई निकुञ्जमा भित्र्याउनका लागि ढकेरी वा गाभर भ्यालीलाई प्रमुख स्थान मानेर खाना र खाजासहित आन्तरिक पर्यटकका लागि रु दुई हजार ५०० र बाह्य पर्यटकका लागि रु तीन हजार प्रतिव्यक्ति शुल्क प्रस्ताव गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका अधिकृत विज्ञान वलीले जङ्गल यात्राका लागि केही पर्यटक आए पनि उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन नभएको उल्लेख गर्दै होटेलका प्याकेजले प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निकुञ्जका पाँचै वटा सफारी मार्ग सञ्चालनमा आएको जानकारी दिँदै बाघ, चौका, हात्ती, चराचुरुङीलगायत वन्यजन्तुको अवलोकन गर्न पाइने बताउनुभयो ।

कल्पतरु होटल, नेपालगन्जका जनरल म्यानेजर लक्ष्मण पन्थीले निकुञ्जलाई होटलको नियमित पर्यटकीय प्याकेजमा समावेश गर्न आफूहरू इच्छुक भए पनि वास्तविक लागत, व्यवस्थापनबारे अन्योल रहेको उल्लेख गर्नुभयो । उहाँले विशेष प्याकेजमार्फत सेवा उपलब्ध गराउने विषयमा स्पष्टता जरुरी रहेको बताउनुभयो । “शुल्क निर्धारणको विषय टुङ्गोमा पुगेको छैन तर यसको वर्कआउट भइरहेको छ”, उहाँले भन्नुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक, विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरिएको प्रस्तावित प्याकेजमा होटलदेखि निकुञ्जसम्मको यातायात, अनुभवी प्रकृति पथप्रदर्शक, जिप सफारी, निकुञ्ज प्रवेश शुल्क र स्थानीय परिकारको स्वादलगायत सेवा रहनेछ ।

खासगरी नेपालगन्ज र कोहलपुरका होटल सिद्धार्थ, होटल स्नेहा, होटल ग्यालेक्सी, सोल्टी वेस्टेन्ड प्रिमियर, होटल बाटिका, शुभ होटल, लीला प्यालेस र कल्पतरु होटललगायत तारे होटल यस प्याकेजमा सहभागी हुनेछन् ।

होटल सिद्धार्थका जनरल म्यानेजर बद्री कोइरालाले पर्यटकलाई निकुञ्ज भ्रमणसँगै घरबासमा राख्न र उनीहरूको बसाइ अवधि बढाउनसक्ने योजना आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले बाँके राष्ट्रिय निकुञ्जको शान्त वातावरण, चराचुरुङ्गी र प्राकृतिक सुन्दरताले आफूलाई आकर्षित गरेकोसमेत अनुभव सुनाउनुभयो । “पर्यटकलाई बाँकेमा कसरी लामो समयसम्म राख्न सकिन्छ भन्ने विषयमा नयाँ सम्भावना देखेका छौँ”, म्यानेजर कोइरालाले भन्नुभयो ।

होटल स्टार लाइटका फ्रन्ट अफिस म्यानेजर विनोद बूढाथोकीले बर्ड वाचिङ, फिस थेरापी, बोटिङ तथा चुरे हाइकिङजस्ता गतिविधि निकुञ्जमा रहेको जानकारी दिँदै प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि निकुञ्जमा धेरै सम्भावना रहेको बताउनुभयो ।

यहाँ चुरे पहाड, भावर क्षेत्र, ठूला रूख तथा विभिन्न जडीबुटीजन्य वनस्पति पाइने भएकाले प्रकृतिप्रेमी पर्यटकका लागि विशेष आकर्षण रहेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको संरक्षणका लागि स्थापना गरिएको हो । अहिले यहाँ ५१ वटा पाटेबाघ रहेको बताइन्छ । निकुञ्जमा लेजर प्रविधि तथा सिसिटिभीको सहायताबाट बाघ अनुगमन गरिँदै आएको छ । बाँके राष्ट्रिय निकुञ्जमा ३०० बढी प्रजातिका चराचुरुङ्गी, ५५ प्रजातिका माछा, २४ प्रजातिका सरीसृप, ३४ प्रजातिका स्तनधारी तथा नौ प्रजातिका उभयचर पाइन्छन् ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

  • Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

  • Post Thumbnail

    बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

  • Post Thumbnail

    प्रश्नको कठघरामा जनप्रतिनिधि: निकुञ्जदेखि विद्यालयसम्मका गुनासा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution