Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आज सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ ।
रासस ११७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
Post Thumbnail

झापा, २९ कात्तिकः परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आज सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ । जिल्लाका मुख्य तथा सहायक नदी र पोखरीहरूमा साँझ श्रद्धालुहरूको उल्लेख्य घुइँचो थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भद्रपुरको मेचीदेखि दमकको रतुवा नदीसम्म विभिन्न ५३ स्थानमा जलाशय तथा नदी किनारमा सामूहिक मण्डप निर्माण गरी छठ पूजा गरिएको छ । मेची, निन्दा, हँडिया, अन्धुवा, बिरिङ, कनकाई, रतुवा र मावा लगायत २१ स्थानमा औपचारिक छठ समिति गठन गरेर व्यवस्थित रूपमा पूजा सम्पन्न गरिएको छ ।

विर्तामोड छठ पूजा समितिकी अध्यक्ष सङ्गीता रौनियारका अनुसार व्रत बसेका श्रद्धालुहरूले आज साँझ जलाशय किनारमा निर्मित मण्डपमा जम्मा भई अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य र पूजाआराधना गरेका छन् । सामूहिक पूजा हुने स्थानमध्ये सबैभन्दा बढी घुइँचो भद्रपुरस्थित मेची नदी किनारमा देखिएको छ । यहाँ नेपाल र भारत दुवैतर्फका व्रतालु तथा श्रद्धालुहरूले आपसी सद्भाव र उत्साहका साथ सँगै एउटै नदीमा पूजा गर्दै आएका छन् ।

विर्तामोड नगर क्षेत्रको अन्धुवा खोला साँघुरो र प्रदूषित बनेपछि त्यहाँका अधिकांश व्रतालु विगतका वर्ष झैँ यसपटक पनि कनकाई नगरपालिकास्थित बिरिङ खोलामा पुगेर सामूहिक रूपमा छठ पर्व मनाएका छन् । छठ पर्वलाई पूर्ण रूपमा सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको थियो । शान्तिसुरक्षाका लागि जिल्लाभर एक हजार ५६ जना नेपाल प्रहरी र ४३८ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी दृश्य तथा अदृश्य रूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

अत्यधिक भीडभाड हुने भद्रपुरको मेचीघाटमा सशस्त्र प्रहरीद्वारा विशेष हेल्थ डेस्क र विपद् उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको थियो । सुरक्षालाई थप कडा पार्न तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराद्वारा निगरानीसमेत गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

“कुनै पनि अप्रिय घटना हुन नपाओस् भनेर सबै सुरक्षा निकायको समन्वयात्मक परिचालनको प्रभावकारी प्रबन्ध मिलाएका छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो । पर्वका अवसरमा ‘साउन्ड सिस्टम ’लगायत ध्वनि यन्त्रको प्रयोग गर्दा ध्वनि प्रदूषण नहुनेतर्फ सचेत बन्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

  • झापा
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ‘संस्कृति राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज हो’

  • Post Thumbnail

    पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

  • Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

  • पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

    Post Thumbnail

    दुई कैदीबन्दी पक्राउ

    Post Thumbnail

    ‘संस्कृति राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज हो’

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution