
काठमाडौँ, २९ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त हुनुभएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझ्नुभएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझ्नुभएको जानकारी दिनुभयो । त्यसपछि तिहार र छठ पर्वको सेमत लामो विदा परेका कारण उहाँ कार्यालय हाजिर भने हुनुभएको छैन । उहाँको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ ।
तर पूर्वप्रहरीमहानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |