Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् ।
रासस ११२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (२ दिन अघि)
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की, २८ कात्तिकः माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् ।

तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस तथा अल्लोबाट हस्तकलाका सामग्री उत्पादन, होमस्टे सञ्चालन, कृषि पर्यटन र लघु जलविद्युत् आयोजना सञ्चालनलगायतका सम्भावना पहिचान गरेका हुन् ।

माछापुच्छ्रे र मर्दी हिमालको काखमा रहेको लुम्रेमा आयोजित कार्यक्रममा विद्यार्थीले गाउँमै सीप सिक्ने अवसर र उद्यम सञ्चालनका लागि आवश्यक सहयोगको मागसमेत गरेका थिए ।

तारेबराह आधारभूत विद्यालयकी पूर्वविद्यार्थी सुगन श्रेष्ठले सामान्य कम्प्युटर सीप सिक्न पनि पोखरा पुग्नुपर्ने र रु १२ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै गाउँमै कम्प्युटर तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिई गाउँमै सिक्ने, काम गर्ने र उद्यमी बन्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

तारेबराहसहित गौरीशङ्कर मनिलाल माध्यमिक विद्यालय, निष्पक्ष माध्यमिक विद्यालय र बराह माध्यमिक विद्यालयका ३७ विद्यार्थी सहभागी कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गर्नुभएको थियो ।

विद्यार्थीले गाउँमा उत्पादन हुने कोदो, धान, चिया, अलैँची, भाँगो र महको प्याकेजिङ तथा ब्रान्डिङ गरी बजारमा पुर्‍याउन सकिने सम्भावनाबारे पनि धारणा राखेका थिए। स्थानीय संस्कृति र खानपानलाई समेटेर होमस्टे सञ्चालन तथा कृषि पर्यटन प्रवद्र्धन गर्न सकिने उनीहरूको भनाइ थियो ।

प्राध्यापक भिर्डेनले उद्यम सुरु गर्न ठूलो पुँजी वा विशेष अवसर आवश्यक नपर्ने बताउँदै आफ्नो समुदायका समस्या र आवश्यकता पहिचान गरेर व्यवसायको सुरुआत गर्न सकिने धारणा राख्नुभयो । सानो प्रयासबाट काम थाल्ने, असफलताबाट सिक्ने र स्थानीय स्रोतसाधनको उपयोग गर्ने सोच उद्यमशीलताका आधार भएको उहाँले बताउनुभयो ।

तारेबराह आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी गुरुङले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीमा नयाँ सोच र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना गर्न सके आसपासका क्षेत्रका विद्यार्थी तथा युवा लाभान्वित हुने बताउनुभयो ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले गाउँमा अवसर छैन भन्दै बाहिरिनुभन्दा स्थानीय सम्भावना पहिचान गरी आफ्नै ठाउँमा उद्यम र रोजगारी सिर्जना गर्न सकिने सन्देश कार्यक्रमले दिएको बताउनुभयो ।

फाउन्डेसनका केन्द्रीय सचिव कुलप्रसाद अधिकारी र कर्मही घर्ती मगरको समन्वय तथा फिरन्तेज एक्सपिडिसनका व्यवस्थापक पाउला र कुमार तामाङको स्थानीय सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो

  • Post Thumbnail

    शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

  • Post Thumbnail

    काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

  • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution