Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (५४ मिनेट अघि)
Post Thumbnail

दमौली (तनहुँ), २५ कात्तिकः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर पछिल्लो समय धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । अग्लो डाँडाको थुम्कोमा अवस्थित यस मन्दिरमा पूजा, आराधना र भाकल गर्न तनहुँसहित देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । विशेषगरी वर्षका निश्चित महिनाका मङ्गलबार यहाँ लाग्ने भक्तजनको भीड, फूलको डोली र पञ्चैबाजाको गुञ्जनले बसन्तपुर क्षेत्रलाई धार्मिक उत्सवमय बनाउने गरेको छ ।

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण कति छ भन्ने पछिल्लो कात्तिक महिनाको तथ्याङ्कले पनि देखाउँछ । कात्तिकका दुई मङ्गलबारमा मात्रै यहाँ ९३ वटा फूलको डोली भित्रिएका छन् । तीमध्ये कात्तिकको तेस्रो मङ्गलबार ९१ र चौथो मङ्गलबार दुईवटा फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । उक्त अवधिमा दश हजारभन्दा बढी भक्तजनले मन्दिरमा पुगेर पूजाआजा गरेका थिए ।

कात्तिकको पहिलो मङ्गलबार महानवमी परेकाले फूलको डोली नआएको र दोस्रो मङ्गलबार पनि डोली चढाउने क्रम नभएको अध्यक्ष थापाले बताउनुभयो । त्यसपछि तेस्रो मङ्गलबार एकै दिन ९१ वटा डोली भित्रिएपछि मन्दिरमा भक्तजनको उल्लेख्य चहलपहल देखिएको थियो । चौथो मङ्गलबार भने तिहारका कारण दुई वटामात्रै डोली आएको उहाँले बताउनुभयो ।

थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा यहाँको धार्मिक संस्कृतिको विशिष्ट पक्ष हो । प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार यहाँ विशेष रूपमा फूलको डोली चढाउने गरिन्छ । ती महिनाका मङ्गलबार देशका विभिन्न स्थानबाट भक्तजन आफ्नो मनोकामना लिएर मन्दिर पुग्ने गर्छन् ।

थापाका अनुसार थानीमाई मन्दिरमा फूलको डोली चढाउँदा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण वर्षौंदेखि भक्तजन यहाँ आउने र भाकल पूरा भएपछि पुनः फूलको डोली चढाउन आउने परम्परा छ ।

यहाँ डोली चढाउने प्रक्रिया पनि आफ्नै मौलिक धार्मिक विधिअनुसार सम्पन्न गरिन्छ । भक्तजनले मन्दिरमा फूलको डोली चढाउनुभन्दा अघिल्लो दिन अर्थात् सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पार्ने गर्छन् । भाकलअनुसार फूल, तोरण र अन्य सामग्रीसहित तयार गरिएको डोली लिएर मङ्गलबार बिहानैदेखि भक्तजन मन्दिर पुग्ने गर्छन् ।

पञ्चैबाजाको तालमा मन्दिर परिक्रमा

थानीमाई मन्दिरमा फूलको डोली चढाउने दिनको दृश्य आफैँमा आकर्षक हुन्छ । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीनपटक परिक्रमा गर्छन् । परिक्रमा गर्दा बज्ने पञ्चैबाजा, भक्तजनको नाचगान र थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान बन्ने गर्छ ।

मन्दिरको परिक्रमा गरेपछि माथिल्लो थुम्कामा रहेको मन्दिर परिसरका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि भक्तजन मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना पूरा भएको भन्दै थानीमाईको पूजा तथा आराधना गर्छन् ।

ध्वजापताका, फूलका माला र पञ्चैबाजासहित मन्दिर पुग्ने भक्तजनका कारण मङ्गलबार बसन्तपुरको वातावरण उत्सवमय बन्ने गरेको छ । टाढाटाढाबाट आउने भक्तजनका लागि यो केवल पूजाआजा गर्ने अवसर मात्र नभई वर्षौंदेखि चल्दै आएको धार्मिक परम्परासँग जोडिने माध्यमसमेत बनेको छ ।

मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा नियमित पूजाआजा हुँदै आएको छ । तर फूलको डोली चढाउने विशेष महिनाका मङ्गलबार भने यहाँ भक्तजनको चाप बढी हुने गरेको छ ।

धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको आकर्षण

समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा अवस्थित थानीमाई मन्दिर धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यका हिसाबले पनि आकर्षक गन्तव्य हो । मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार, लमजुङको राइनासकोटलगायत आसपासका भूभागको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्गलाको दृश्यले यहाँ पुग्ने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

धार्मिक दर्शनसँगै प्रकृतिको आनन्द लिन चाहनेका लागि पनि यो स्थान उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । मन्दिरको अग्लो स्थान, वरपरको प्राकृतिक वातावरण र विभिन्न भूभागको दृश्यले यहाँ पुग्ने जोकोहीलाई केही समय प्रकृतिसँग रमाउने अवसर प्रदान गर्छ ।

पछिल्लो समय धार्मिक स्थललाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका बेला थानीमाई मन्दिरलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । विशेषगरी फूलको डोली चढाउने दिन यहाँ हुने भक्तजनको उपस्थिति र सांस्कृतिक गतिविधिले स्थानीय क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पु¥याएको छ ।

इतिहास र किंवदन्तीसँग जोडिएको मन्दिर

थानीमाई मन्दिरको इतिहास स्थानीय जनविश्वास र किंवदन्तीसँग जोडिएको छ । स्थानीयवासीका अनुसार विसं १८२५ सालदेखि यस स्थानमा पूजाआजा सुरु भएको मानिन्छ । किंवदन्तीअनुसार विसं १८२५ सालतिर मन्दिर रहेको स्थानमा एक भोटीनी आमा र उनकी छोरी पुगेका थिए । त्यतिबेला ठूलो हावाहुरी चलेपछि उनीहरू एउटा रुखमुनि ओत लागेका थिए । सोही क्रममा आमा र छोरी त्यहीँबाट अन्तध्र्यान भएको भन्ने जनश्रुति रहिआएको छ । त्यस घटनापछि उक्त स्थानलाई धार्मिक शक्तिसँग जोडेर पूजा गर्न थालिएको स्थानीयवासीको भनाइ छ ।

त्यही समयदेखि थानीमाईको पूजा आराधना सुरु भएको र क्रमशः यो स्थान धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीयको विश्वास छ । पुस्तौँदेखि सुनिँदै आएको उक्त किंवदन्तीले मन्दिरको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट थानीमाई मन्दिरमा समेत क्षति पुगेको थियो । भूकम्पले क्षति पु¥याएपछि मन्दिरको पुनर्निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरमा चढाइएको भेटीबाट सङ्कलित रु छ लाख गरी कुल २० लाखको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न गरिएको थियो ।

  • गोरखा
  • तनहुँ
  • दमौली
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

  • Post Thumbnail

    पोखरामा बुधबार भाइटिका महोत्सव

  • पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

    पनौतीमा सांस्कृतिक झाँकीसहित भिन्तुना ¥याली

  • मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

    मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    Post Thumbnail

    बबई नदीमा १५ किलोमिटर तटबन्ध

    Post Thumbnail

    थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली

    Post Thumbnail

    भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution