
तुलसीपुर (दाङ), २५ कात्तिकः दाङको लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले बबई नदीमा १५ किलोमिटर तटबन्ध गरेको छ ।
एक सय ३२.८ किलोमिटर लम्बाइ रहेको उक्त नदीमा १५ किलोमिटर तटबन्ध हुँदा ४६८ हेक्टर खेतीयोग्य जमिन उकास गरिएको सूचना अधिकारी खुमानन्द वलीले बताउनुभयो । हाल दङ्गीशरण–१ र ४ मा रु एक करोड २४ लाख ८४ हजार ६६८, तुलसीपुर–१४ मा रु दुई करोड ४७ लाख ३८ हजार ५९, दङ्गीशरण–१ मा रु ७४ लाख ८१ हजार ९४४, घोराही–८ मा रु ४५ लाख सात हजार ४१६ र दङ्गीशरण–१ रहरीपुरमा रु १४ लाख ९३ हजार ६२० का तटबन्ध तथा सिञ्चित क्षेत्र संरक्षण ठेक्काहरू सम्पन्न भएका सूचना अधिकारी वलीले बताउनुभयो ।
साथै एकली खोला तुलसीपुर–२ मा रु ९६ लाख ६१ हजार ५८९ मा काम सम्पन्न भएको छ । तटबन्ध निर्माण हुँदा स्थानीयलाई सहज भएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |