
हेटौँडा, २४ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै राष्ट्रिय पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री थापा मगरले तिहारले मानव र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै देउसीभैलोजस्ता मौलिक संस्कृतिको संरक्षण र दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
उहाँले विभिन्न समुदायका मौलिक पर्व तथा ऐतिहासिक परम्पराले नेपाली समाजमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |