
काठमाडौँ, २४ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाउनुभएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाउनुभएको हो ।
उहाँले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिनुभयो । सो अवसरमा उहाँले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको थियो । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो । उहाँले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराउनुभयो ।
त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।
यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाउनुभएको थियो ।
अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |