Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (५२ मिनेट अघि)
Post Thumbnail

भोजपुर, २४ कात्तिकः धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ । पाकेको धान थन्क्याउने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा किसान जुटिरहँदा चाडपर्व मनाउने समयसमेत कम भएको छ ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान रुपनारायण फुयालले धान भित्राउने काममा व्यस्त हुनुपर्दा तिहार आएको अनुभूति गर्नसमेत कठिन भएको बताउनुभयो । चाडपर्वको समयमा परिवारसँग बसेर रमाइलो गर्नुपर्ने भए पनि खेतीपातीको कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

किसान फुयालका अनुसार कात्तिक १६ गतेदेखि अर्मपर्म गरेर धान भण्डारणको काम सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन । किसानले एकअर्काको खेतमा पालैपालो सहयोग गर्दै धान भित्र्याउने काम गरिरहेका छन् । यही गतिमा काम गर्दा मङ्सिर १० देखि १५ गतेसम्म धान भण्डारणकै काममा व्यस्त हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अर्की किसान करुणा थापाले पनि धान भित्र्याउने समयमा कामदार पाउन समस्या भइरहेको बताउनुहुन्छ । गाउँमा खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा धान भण्डारणको काम ढिलो भइरहेको उहाँको भनाइ छ । केही किसानले आफ्नो धान भण्डारण गरिसकेपछि मात्रै अन्य किसानले काम गर्ने अवसर पाउने भएकाले पालो कुरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट घरसम्म बोक्ने, झाट्ने, सुकाउने र भण्डारण गर्ने काममा धेरै श्रम र समय लाग्ने किसान बताउँछन् । अर्मपर्मका आधारमा काम गर्दा पनि सबै किसानको धान एकै समयमा भित्र्याउन नसकिने भएकाले कामको चाप बढेको छ ।

धान पाकेर भित्राउने समय र तिहारको चाडपर्व एकै समयमा परेपछि ग्रामीण क्षेत्रका किसानलाई दोहोरो चटारो परेको किसान अनुराग पोखरेलले बताउनुभयो । एकातिर धानबाली सुरक्षित रूपमा घरमा भित्र्याउनुपर्ने बाध्यता र अर्कातिर चाडपर्व मनाउने चाहना रहेको उहाँको भनाइ छ । खेतीपातीको काम नसकिँदा चाडपर्वको रमाइलोमासमेत पर्याप्त समय दिन नपाएको उहाँले बताउनुभयो ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

    जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

  • पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

    पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

  • बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

    बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

  • भद्रपुरमा प्रकृति संरक्षणको सन्देशसहित काली पूजा पण्डाल

    भद्रपुरमा प्रकृति संरक्षणको सन्देशसहित काली पूजा पण्डाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

    आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

    Post Thumbnail

    मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

    Post Thumbnail

    किसानलाई धान भण्डारणको चटारो

    Post Thumbnail

    पुष्प व्यवसायमा आकर्षित हुँदै युवा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution