
गण्डकी, २२ कात्तिकः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने बताउनुभएको छ ।
तिहारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथप्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
“तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।
तिहार पर्वको अभिन्न अङ्गको रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्नेछ”, प्रदेश प्रमुख भट्टद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |