Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २२ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । रथयात्रा बागलुङ, पोखरा हुँदै देशका मुख्यमुख्य धार्मिकस्थलहरूको परिक्रमा गरी पूर्वको मेची पुगेर शनिबार नवलपुर आइपुगेको हो ।

श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ रथयात्रा सुरु भएको हो ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा राष्ट्रव्यापी रथयात्रा सुरु गरिएको प्रवक्ता प्रपन्नाचार्यको भनाइ छ । यस रथयात्रा महाकालीसम्म पुगी फर्किएर नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम)मा आई विसर्जन हुने उहाँले बताउनुभयो ।

“यो रथयात्रा मुक्ति क्षेत्रको प्रचार, शालिग्राम भगवान्को प्रचार, गण्डकी क्षेत्रको प्रचार, सामाजिक सद्भाव, धार्मिक एकताको सन्देश विस्तार गर्दै सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “हरेक वर्ष सञ्चालन हुँदै आएको यस रथयात्रा यस वर्ष कात्तिक ३० गते त्रिवेणीधाममा पुगेर विश्राम हुनेछ ।” रथयात्रा विश्राम भएपछि मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष दिव्यधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो । एकमहिने विराट महायज्ञको पूर्वतयारीस्वरुप प्रचारप्रसार एवं मुक्तिक्षेत्रको प्रचारप्रसारका लागि कोजाग्रत पूर्णिमादेखि हरिबोधिनि एकादशीसम्म यो रथयात्रा सञ्चालन हुने उहाँको भनाइ छ ।

रथयात्राले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा परिक्रमा गर्ने प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो ।

“यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो”, उहाँले भन्नुभयो । रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरणसमेत भइरहेको उहाँले बताउनुभयो ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले देशका ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि रथयात्राको मूल उद्देश्य रहेको बताउनुभयो । यस अवसरमा रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमी महानुभावहरूलाई भगवान्को दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र यस पुण्य अभियानमा सहभागी हुन पनि उहाँले आह्वान गर्नुभयो । शनिबार नवलपुर आइपुगेको रथयात्रालाई स्थानीयले भव्य रूपमा स्वागत गर्दै भगवान्को दर्शन एवं प्रसाद ग्रहण गरेका थिए ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • Post Thumbnail

    आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

  • Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

  • Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

    Post Thumbnail

    तिहारमा मिठाई र बत्तीको व्यापार

    Post Thumbnail

    श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा

    Post Thumbnail

    आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution