Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभे्रपलाञ्चोकमा पनि विगतका मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक, २२ कात्तिकः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभे्रपलाञ्चोकमा पनि विगतका मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र निर्धारण तथा सिफारिस समितिले बैठकमार्फत पुनरावलोकन प्रक्रिया र कार्यतालिका तय गरेको छ ।

समितिले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ अनुसार गत भदौ १५ गतेसम्म सङ्कलित तथा अद्यावधिक गरी असोज ३० गते प्रकाशित मतदाता नामावलीलाई मतदानस्थल पुनरावलोकनको आधिकारिक आधार बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा क्रियाशील राजनीतिक दललाई आगामी मङ्सिर १ गतेभित्र हाल कायम मतदानस्थलको सूचीसहित पत्राचार गरी पुनरावलोकन तथा आवश्यक सिफारिसका सम्बन्धमा राय–सुझाव माग्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीका अनुसार आउँदो मङ्सिर ४ गतेभित्र वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक कार्यविधि, अनुसूची फाराम, मतदानस्थलको सूची र सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीको पिडीएफ फाइलसहित पत्राचार गरिने निर्णय गरिएको छ । वडाध्यक्षको संयोजकत्व रहेको समितिले मङ्सिर १५ गतेभित्र कार्यविधिले तोकेको मापदण्डका आधारमा मतदानस्थलको अवस्था, भौगोलिक दूरी, सुरक्षा अवस्था तथा आवश्यकताका विषयमा अध्ययन गरी सर्वसम्मत निर्णय गर्नुपर्ने कार्यतालिका बनाइएको छ । यस्तै वडा समितिबाट भएका निर्णय तथा प्रमाणित अनुसूची फाराम मङ्सिर २५ गतेभित्र निर्वाचन कार्यालयमा पठाउनुपर्ने जनाइएको छ ।

त्यसैगरी, मङ्सिर २९ गतेभित्र वडा समितिबाट प्राप्त सिफारिसको एकीकृत विवरण तयार गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमार्फत विस्तृत अध्ययन गरिनेछ भने आवश्यकताका आधारमा स्थलगत अध्ययनसमेत गरी मतदानस्थल सिफारिससम्बन्धी अन्तिम निर्णय गरिने प्रजिअ अधिकारीको भनाइ छ ।

जिल्ला सिफारिस समितिले गरेको अन्तिम निर्णय तथा आवश्यक अनुसूची फाराम प्रमाणित गरी आगामी पुस ५ गतेभित्र निर्वाचन आयोगमा पठाउने कार्यतालिका तय गरिएको छ । यसैबीच समितिले स्थानीय तह, राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाको सुझावलाई समेत समेटेर मतदानस्थल र मतदान केन्द्रलाई थप व्यवस्थित, सहज र मतदातामैत्री बनाउने उद्देश्य राखेको जनाएको छ ।

गत वर्ष फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ८८ मतदानस्थललाई ‘संवेदनशील’का रूपमा हेरिएको थियो । यसमध्ये पनि २३ वटा मतदानस्थल ‘अतिसंवेदनशील’का रुपमा हेरी सोहीअनुसार सुरक्षा समितिले सुरक्षा–व्यवस्था मिलाएको थियो । जिल्लामा १०१ मतदानस्थल भने सामान्य रूपमा हरिएको थियो ।

जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १८९ मतदानस्थल र ४०० मतदान केन्द्र कायम गरिएको थियो । दुवै निर्वाचन क्षेत्र सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षकको कमाण्डमा दुईवटा सुरक्षा बेसक्याम्प क्षेत्र नं १ को पनौती नगरपालिका–५ स्थित सुरक्षा मुद्रण केन्द्रको परिसर तथा २ नं क्षेत्रको मुख्य निर्वाचनको कार्यालय धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा स्थापना गरी खटाइएको थियो ।

काभ्रेपलाञ्चोकमा पछिलो अद्यावधिक विवरणअनुसार तीन लाख २४ हजार नौ मतदाता छन् । निर्वाचन आयोगको मतदाता अद्यावधिक गर्ने प्रक्रियाअनुसार त्यसअघिको कुल सङ्ख्यामा काभे्रपलाञ्चोकका दुई हजार ६०२ मतदाताको नाम नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार जिल्लास्थित १३ स्थानीय तहमा दोहोरो दर्ताका कारण एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम नामावलीबाट हटाइएको हो ।

  • काभ्रेपलाञ्चोक
  • निर्वाचन आयोग
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

  • Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

  • Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

  • कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

    Post Thumbnail

    काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

    Post Thumbnail

    नेपाल संवत्को स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution