Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

तिहारमा मिठाई र बत्तीको व्यापार

तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

सुनसरी, २२ कात्तिकः तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहनुभएको छ ।

उहाँले भन्नुभयो, “बिहान र साँझ बजार राम्रो चल्छ । दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीडभाड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक रु २० देखि रु ३० हजारसम्मको कारोबार भइरहेको छ तिहार खर्च यसै व्यापारबाट जोहो गर्ने हो ।”

तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।

धरान सब्जीमन्डीका झिलीमिली बत्तीका व्यापारी राजन कोइरालाले पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलीमिली बत्तीको माग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ ।”

अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलीमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता भने दैनिक ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको व्यापारी कोइरालाले बताउनुभयो ।

धरानको मुख्य बजार, भानुचोक, सब्जीमण्डी र पुरानो बजारलगायत क्षेत्रमा बत्ती, फूलमाला तथा तिहारका अन्य सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीडले बजार थप व्यस्त बनेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । कहिलेकाहीँ भीडका कारण पसल वरिपरि आवागमन गर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको छ ।”

सडकपेटीमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरी ग्राहक तथा व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको उहाँले बताउनुभयो । तिहारको समयमा साना व्यापारीले पनि केही दिनको व्यापारबाट आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने महासचिव खतिवडाको भनाइ छ । बजारमा ग्राहकको चहलपहल बढेसँगै साना व्यापारीमा पनि उत्साह भने थपिएको छ ।

  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

  • नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

    नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

  • Post Thumbnail

    कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

  • Post Thumbnail

    चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

    नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

    नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

    Post Thumbnail

    तिहारमा मिठाई र बत्तीको व्यापार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution