Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

खोटाङ, २० कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ ।

राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक लगानीमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर बाम्राङमा करिब ४० रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो । राजनीतिसँगै व्यावसायिक कृषि पेसामा लाग्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लेखबहादुर रम्तेल, सोही ठाउँका बालकृष्ण कटवाल र वडा नं ४ खाल्लेका चन्द्र केसीलाई आजभोलि बारीभरि पहेँलपुर फुलेका सयपत्री फूल टिप्न र माला उन्ने कामदार खोज्ने चटारो छ ।

फूलैफूलको चाड भनेर चिनिने तिहार नजिकै आइसकेकाले बारीभरि ढकमक्क फुलेका सयपत्री फूल टिपेर बजारसम्म पुर्याउन उहाँहरूलाई भ्याइनभ्याइ भएको हो । तिहारमा यस वर्ष सयपत्री फूलको करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखिएको योङ कम्युनिष्ट लिग (वाइसीएल) दिक्तेल रुपाकोट मझुवागढी नगरका नेतासमेत रहनुभएका सञ्चालक रम्तेलले जानकारी दिनुभयो ।

“पहिलोपटक सञ्चालन गरिएको फार्ममा यसपटक करिब रु ३० देखि रु ३६ लाख आम्दानी गर्न सकिने अनुमान गरिएको छ । तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य छ । यसमध्ये नौ हजार काठमाडौँमा र तीन हजार जिल्लामै खपत हुन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “फूल टिप्न र माला उन्न दैनिक २५ जना कामदार खटाइएको छ । सयपत्री फूलको माला उन्नेलाई प्रतिमाला रु सातका दरले पारिश्रमिक दिने गरेका छौँ ।”

एक जना कामदारले एक दिनमा १०० वटाभन्दा बढी सयपत्री फूलका माला तयार गर्न सक्ने भएकाले उनीहरूको आम्दानी पनि राम्रो हुने गरेको सञ्चालकले बताएका छन् । तीन युवाको सामूहिक लगानीमा सञ्चालित फार्ममा उत्पादित सयपत्री फूलको माला उन्ने कामले स्थानीय महिलालाई रोजगारी दिएको छ ।

बाम्राङमा सञ्चालित कृषि फार्ममा उत्पादित सयपत्री फूललाई केही दिन काठमाडौँमा भण्डारण गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने तयारी गरिएको सञ्चालक केसीले बताउनुभयो । “तिहारका लागि फूलको बजार केही दिनपछि मात्र सुरु हुन्छ । त्यसबेलासम्म भण्डारण गरेर राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “सयपत्री फूलको व्यवसाय सुरु गरेको यो पहिलोपटक हो । पहिलोपटकमै राम्रो उत्पादन भएको छ । आगामी दिनमा फूलखेतीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आशा जागेको छ ।”

नेपाली कांग्रेसका युवानेता केसीसहित फरकफरक पार्टीमा आवद्ध तीन युवाले तीन वर्षअघिदेखि बाम्राङमा अकबरे खुर्सानी तथा व्यावसायिक भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । दूध उत्पादनका लागि यस वर्ष २० वटा लैनौ भैँसी पाल्नेगरी १०० रोपनी जग्गा भाडामा लिएर घाँसखेतीसमेत गरिएको छ ।

फार्ममा काम गर्ने दुई जना पूर्णकालीन कामदारलाई सञ्चालकले खाना तथा खाजासहित मासिक तलब उपलब्ध गराउँदै आएका छन् । पूर्णकालीनबाहेकका कामदारलाई सिजनअनुसार दैनिक रु ५०० देखि रु ८०० सम्म ज्याला उपलब्ध गराउने गरिएको जनाइएको छ ।

फार्मबाट उत्पादित दूध तथा दूधबाट उत्पादित परिकार दिक्तेलबजारस्थित सालपा कृषि कम्पनीको ‘रैथाने कृषि मार्ट र रैथाने खाजा घर’मा खपत हुँदै आएको छ । रैथाने बाली प्रवर्द्धन, उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले दिक्तेलमा स्थापना गरिएको सालपा कृषि कम्पनीले जिल्लामा उत्पादित सबै प्रकारका कृषिउपज खरिद गरेर प्रशोधनगरी राजधानी काठमाडौँलगायतका सहरमा बिक्री गर्दै आएको छ ।

राजनीति गर्ने व्यक्तिलाई आम्दानीको वैकल्पिक स्रोत अनिवार्य हुनुपर्ने भएकाले सामूहिक लगानीमा कृषि व्यवसाय सुरु गरेको उहाँहरुले जानकारी दिनुभयो । तीन युवाको सामूहक लगानीमा सञ्चालन गरिएको कृषि फार्म धेरैका लागि उदाहरणीय भएको छ ।

  • काठमाडौँ
  • खोटाङ
  • नेपाली कांग्रेस
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

  • Post Thumbnail

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

  • फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    Post Thumbnail

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution