
वीरगञ्ज (पर्सा), १८ कात्तिकः प्रहरीले एघार जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
यसैगरी, प्रहरीले मोटरसाइकल चोरी कार्यमा सलंग्न एक जना व्यक्ति पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा बस्ने कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सिसीको रातो कालो रङ्गको पल्सर मोटरसाइकल बरामत गरिएको हो ।
वीरगञ्ज महानगरपालिका–१६ लिङ्करोडस्थित सडकखण्डको छेउमा पार्किङ गरी राखेको अवस्थामा लक तोडी डोर्याउँदै भाग्दै गरेको अवस्थामा राकेश चौधरीलाई प्रहरीले पक्राऊ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ लिङ्करोडबाट उक्त नम्बरको मोटरसाइकलसहित बारा जिल्ला निजगढ नगरपालिका–११ बस्ने वर्ष २७ को चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बताइन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |