Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (८ मिनेट अघि)
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

म्याग्दी, २० कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ । बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्याएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं २ नागढुङ्गा र ६ रातोपानीमा रहेका आयोजनाका आवास भवन भत्किएका छन् । त्यहाँ रहेका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाको श्रमिक आवास (लेबर क्याम्प) बगाएको छ । मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा पनि क्षति पुगेको छ ।

आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीले बगाएका आवास र श्रमिक क्याम्पलगायत संरचना पुनर्निर्माण गरी तिहारलगत्तै आयोजनाको काम अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभयो ।

विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो । बाढीले निर्माणका महत्त्वपूर्ण संरचनामा क्षति पुर्याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । बाँधबाट ल्याइएको पानी १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ ।

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ ।

तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

  • Post Thumbnail

    रारामा मुख्य न्यायाधिवक्ताको आठौँ राष्ट्रिय सम्मेलन सुरु

  • Post Thumbnail

    ‘प्रज्ञा-प्रतिष्ठान गान’ गर्न गीतकारसँग आह्वान

  • Post Thumbnail

    तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

    Post Thumbnail

    सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा

    Post Thumbnail

    डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

    Post Thumbnail

    एनपिएलः क्यानडाका सिंह पोखरा एभेन्जर्समा अनुबन्धित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution