Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

पोखरामा सयपत्री पुष्प मेला सुरु

पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (२ घण्टा अघि)
पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की, १९ कात्तिकः पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गर्नुभएको हो ।

यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ ।

स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवद्र्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिनुभयो ।

“पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,” नगर प्रमुख आचार्यले भन्नुभयो ।

महानगरका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गरेपछि कृषक व्यावसायिक पुष्पखेतीमा आकर्षित छन ।

कार्यक्रममा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले पोखरामा वार्षिक रु तीन करोड बराबरको फूलको कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै यस व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन कृषक तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका पुष्पजन्य उत्पादनको प्रदर्शनी, बिक्रीवितरण गरिने आयोजकले जनाएको छ । मेलाले पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आम नागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार तिहार तथा छठ पर्वका अवसरमा सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्री वितरणमा आबद्ध छन् ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

  • Post Thumbnail

    मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

  • कर्णालीको गौरवः धमाधम निर्माण हुँदै प्रशासनिक भवन

    कर्णालीको गौरवः धमाधम निर्माण हुँदै प्रशासनिक भवन

  • नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

    नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    Post Thumbnail

    मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution