Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत तयारीलाई तीव्र गति दिएको छ । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि यहाँका खेल सङ्घले तयारी अघि बढाएका हुुन् ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (४२ मिनेट अघि)
राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

कास्की, १९ कात्तिकः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत तयारीलाई तीव्र गति दिएको छ । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि यहाँका खेल सङ्घले तयारी अघि बढाएका हुुन् ।

गण्डकी प्रदेश आर्चरी सङ्घले प्रतियोगिताका लागि २२ खेलाडी छनोट गरेको छ । सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट विभिन्न इभेन्टमा १२ पुरुष र १० महिला खेलाडी छनोट भएको गण्डकी आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिनुुभयो ।

छनोट भएका खेलाडीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । छनोट प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका गरी ३४ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये २४ पुरुष र १० महिला खेलाडी थिए ।

प्रतियोगिताको रिकर्भ ओपन पुरुषतर्फ कास्कीका अशिम शेरचन सर्वाधिक ६२७ अङ्क प्राप्त गर्दै छनोट भए । त्यस्तै बागलुङका दुर्गा घर्ती मगरले ६१७, मुकेश रोका मगरले ५७९ र खड्कबहादुर घर्ती मगरले ५७४ अङ्क प्राप्त गर्दै छनोटमा स्थान बनाए ।

रिकर्भ ओपन महिलातर्फ कास्कीकी रोजिना थापा मगरले ५०४ अङ्क प्राप्त गर्दै शीर्ष स्थानमा रहिन् । अनुश्का शेरचनले ४७९, रिना गुरुङले ४७३ र सलिना गुरुङले ४१५ अङ्क प्राप्त गर्दै छनोट भए ।

कम्पाउण्ड पुरुषतर्फ कास्कीका सुरेश गुरुङले सर्वाधिक ६७६ अङ्क प्राप्त गरे । यसै इभेन्टमा म्याग्दीका सुमन गुरुङ तथा कास्कीका करुण बराल र खम्बा गुरुङ पनि छनोट भए । महिलातर्फ कास्कीका मोनिका राना र निता केसी छनोट भएका छन् ।

त्यसैगरी, स्ट्यान्डर्ड पुरुषतर्फ बागलुङका महित घर्ती मगर र रामबहादुर घर्ती मगर तथा म्याग्दीका प्रवेश फगामी र मिलन जुम्जाली छनोट भए । महिलातर्फ कास्कीका सैनानी श्रेष्ठ, जयल इशा आचार्य, सलिना गुरुङ र आरधना थापा छनोट भएका छन् ।

प्रतियोगितामा जिल्लागत रूपमा कास्कीबाट १७, बागलुङबाट छ, म्याग्दीबाट छ र मुस्ताङबाट पाँच जना खेलाडीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुदका लागि आर्चरी लगायतका अन्य खेल सङ्घहरूले पनि छनोट प्रतियोगिता लगायतका तयारी सुरु गरेका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउन, आवश्यक तयारी गर्न तथा प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरिसकेको छ ।

परिषद्ले स्थानीय तह, जिल्ला खेलकुद विकास समिति तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी निर्धारित समयभित्र छनोट प्रतियोगिता सम्पन्न गर्न अनुरोध गरेको छ ।

परिषद्ले खेलाडी छनोटलगायत गण्डकी प्रदेशको टोली निर्माणका लागि आवश्यक बजेटका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरिसकिएको जनाएको छ ।

यसअघि गण्डकी प्रदेशको पोखरामा विसं २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । नवौँमा गण्डकी प्रदेश प्रदेशमा पहिलो हुन सफल भएको थियो । नवौँको समापनका अवसरमा दुई वर्षपछि कर्णालीमा १०औँ संस्करण गर्ने घोषणा गरिएपनि चार वर्षपछि बल्ल प्रतियोगिता हुन लागेको हो ।

  • कास्की
  • मुस्ताङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

  • Post Thumbnail

    कराते खेलाडी एरिकालाई तीन लाख सहयोग

  • बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

    बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु

  • Post Thumbnail

    राष्ट्रिय -यापिड बुद्धिचाल प्रतियोगिता सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    Post Thumbnail

    मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution