Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
उदयपुर

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर, १८ कात्तिकः उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उहाँले बताउनुभयो ।

साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताउनुभयो । पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ ।

लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

  • उदयपुर
  • काठमाडौँ
  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अवैध रूपमा भित्र्याइएका सवारीसाधन नियन्त्रणमा

  • Post Thumbnail

    ट्राफिक प्रहरीलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण

  • Post Thumbnail

    रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

  • सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

    सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

    कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    विचार: मानव संशाधनको नियुक्ति पूर्वसम्पादन : सन्दर्भ तथा पृष्ठपोषकको परीक्षण

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution