Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुस्ताङ

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (५१ मिनेट अघि)
Post Thumbnail

मुस्ताङ, १६ कात्तिकः नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो ।

यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा-केरुङ नाका भदौ १० गतेपछि पूर्ण रूपमा बन्द हुनुका साथै सिन्धुपाल्चोकको तातो पानी नाका लामो समयदेखि बन्द छ । ठूलो परिमाणमा चीनियाँ मालवस्तु नेपाल भित्रिने गरेकामा यी दुवै नाका बन्द हुँदा कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात हुन थालेको हो ।

रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछिको करिब दुई महिनाको अवधिमा चीनतर्फबाट फलफूल आयातको परिमाण बढ्दै जान थालेको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिनुभयो । दसैँ-तिहार र छठपर्वलाई लक्षित गरी कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात भइरहेको उहाँको भनाइ छ ।

घर्तीमगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको छ । अन्य फलफूलजन्य खाद्य पदार्थमा फर्सीको बीउ, लसुन र फापर नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो । करिब दुई महिनाको अवधिमा चाडपर्व लक्षित सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ नेपाल भित्रिएको उहाँको भनाइ छ ।

यसअघि रसुवागढी नाकाबाट मार्ग परिवर्तन भई कोरला नाकाबाट भित्रिएका फलफूलजन्य पदार्थ ढुवानी गर्न गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले दुई साता बढी बेनी-जोमसोम सडक अवरुद्ध हुँदा समस्या परेको थियो । नाकाबाट भित्रिएका फलफूलको क्वारेन्टाइन परीक्षण तथा भन्सार जाँचपास भइसक्दासमेत गन्तव्यमा पुग्न सकेको थिएनन् । व्यवसायीद्वारा आयात गरिएको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई निःशुल्क वितरण गरिएको थियो ।

  • मुस्ताङ
  • रसुवा
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मुख्यमन्त्री थापाद्वारा नेपाल रेडक्रस केन्द्रीय कार्यालयको भ्रमण

  • परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

  • Post Thumbnail

    राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण हुँदै

  • दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

    दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    Post Thumbnail

    तारागाउँ नेक्स्टको एम्पिथियटरमा फिल्म फेस्टिभल’ समापन

    Post Thumbnail

    कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution