Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताउनुभयो ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ दिन अघि)
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

कर्णाली, १६ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “खेलुकद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकार भएका निकाले आफ्नो भूमिका इमान्दरीपूर्वक निर्वाह गर्नुपर्छ । खेलकुद क्षेत्रको महामेला कर्णालीमा सञ्चालन हुने भएकाले प्रदेश तथा स्थानीय सरकारले विशेष महत्त्व दिएर आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त छु ।” अब प्रचारप्रसारका कामलाई व्यापक बनाउँदै लैजाने जनाउँदै सङ्घ सरकार प्रतियोगिता सम्पन्नताका लागि प्रतिबद्ध भएर अगाडि बढेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकार सहआयोजक भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रतिष्ठासँग जोडिएको विषय भएको बताउनुभयो । रङ्गशालाको पूर्वाधार निर्माणको सबै काम पूरा भइसकेको जनाउँदै उहाँले मङ्सिर १६-२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा बसाइँ व्यवस्थापन, सबैका लागि सहज वातावरण निर्माणलगायतमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले खेलकुद प्रतियोगताको सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसार र राष्ट्रव्यापी बनाएर भव्य रूपमा सम्पन्न गर्ने दौडलाई तीव्र बनाइएको बताउनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण हुने जानकारी दिनुभयो ।

  • कर्णाली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

    सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

  • कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

    कोप–३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी

  • Post Thumbnail

    मुख्यमन्त्री शाही र राजदूत बासबीच शिष्टाचार भेट

  • Post Thumbnail

    तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १७ गते मंगलबार

    २०८३ कात्तिक १७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

    Post Thumbnail

    सभामुख यादवद्वारा भूतही लिग क्रिकेट प्रतियोगिताको उद्घाटन

    Post Thumbnail

    पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

    सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

    सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution