Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ ।
रासस ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर, १२ कात्तिकः आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।

पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको हो । पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा दूध तथा दुग्धजन्य पदार्थ राख्न काठका ठेकी, हर्पे र दुदेरा उपलब्ध हुन्थे । ती सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई गाउँघरको परम्परागत जीवनशैली र मौलिक सीपका उदाहरण थिए । अहिले यी सामग्री बनाउने सँगै प्रयोग गर्ने चलन हराउँदै भएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्ट काठका परम्परागत सामग्री बनाउने चलन पछिल्लो समय घट्दै गएको बताउनुहुन्छ । बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको प्रयोग कम भएको उहाँको भनाइ छ । प्रयोग घटेसँगै यस्ता सामग्री बनाउने सीप र त्यसमा आधारित परम्परा पनि लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

समयसँगै मानिसको जीवनशैली, घरायसी आवश्यकता र बजारको पहुँचमा आएको परिवर्तनले काठका सामग्रीको प्रयोगमा प्रभाव पारेको स्थानीय पदमबहादुर बस्नेतले जानकारी दिनुभयो । पहिले स्थानीय स्रोतसाधनबाट निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा उपलब्ध विकल्पबाट प्रतिस्थापित हुँदै गएको उहाँको भनाइ छ । यसले दैनिक जीवनलाई सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपको निरन्तरतामा चुनौती थपेको छ ।

काठका सामग्री निर्माण गर्न काठको छनौट र त्यसलाई आवश्यक उपयुक्त आकार दिन सीप आवश्यक पर्छ । यस्ता सीप अभ्यास र अनुभवबाट पुस्तान्तरण हुँदै आएका हुन् । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दै जाँदा परम्परागत सामग्री निर्माणमा संलग्न हुने क्रम घट्दै गएको छ ।

स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका काठका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ । परम्परागत सामग्रीको प्रयोग र निर्माणलाई प्रोत्साहन गर्न सके स्थानीय सीपको संरक्षणसँगै पुरानो जीवनशैली र सांस्कृतिक पहिचानलाई जोगाउन सकिने स्थानीय जानकारको भनाइ छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

  • पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

    विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

  • मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

    Post Thumbnail

    सरकारी–सार्वजनिक–निजी जग्गाको सीमा छट्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution