Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा (बाँके), १२ कात्तिकः वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् ।

धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने भएकाले अहिले धान भित्र्याउन भ्याइनभ्याई भएको नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताउनुभयो ।

“विगतमा पनि असोज र कात्तिक महिनामा बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति बेहोर्नु परेकाले अहिले सजक भएर बेलैमा धान भित्र्याउन लागि परेका छौँ”, उहाँले भन्नुभयो, “पानी पर्ने सूचनाले अहिले बिहानदेखि रातिसम्म खेतमै धानबाली स्याहार्न हामीलाई भ्याइनभ्याई छ ।”

चाडबाडको मौसम भएकाले खेताला वा मजदुर पाउन निकै मुस्किल छ । थ्रेसर, ट्याक्टर जस्ता आधुनिक उपकरणको सुविधा लिन सहज छैन । हतार–हतार काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न पनि समस्या भएको उहाँको भनाइ छ ।

गत असारमा लगाइएको धान पाकेर यतिबेला खेतमा पहेँलपुर झुलेको छ । अब वर्षा भए धानबालीमा ठूलो क्षति हुने भएकोले किसानलाई अहिले सबै काम छोडेर धान भित्र्याउन भ्याइनभ्याई भएको खजुराका अगुवा किसान कृष्णविक्रम केसीले बताउनुभयो ।

विगतका वर्षहरूमा प्रायः दसैं सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैं केही ढिलो परेकाले धान पाक्ने र दसैं मनाउने समय एकैपटक जुध्न पुगेको छ । यसले गर्दा गाउँघरमा खेतबारीको कामको हतारो भएको केसीले बताउनुभयो । “आकाशमा थोरै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ । मेहनतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिना वा पानीले नोक्सान पु¥याउन सक्छ”, केसीले भन्नुभयो, “बाँकेका किसान यतिबेला चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन् ।”

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहर्ने बेला पानी पर्ने डरले यतिबेला किसान धमाधम धान भित्र्याउन लागेको बताउनुभयो ।

बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाई हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

वर्षाको त्रासले किसानलाई धान भित्र्याउने चटारो

मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम बदली भइ वर्षा हुने चेतावनी दिएपछि दाङका किसानलाई पाकेको धान भित्र्याउन चटारो परेको छ । बेमौसमी वर्षाले धान भिजाउने र कुहाउने डरले किसान थप श्रमिक खोजेर तथा सामूहिक रूपमा बाली भित्र्याउन जुटेका हुन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नंं ७ वेत्रावतीका साउने चौधरीले वर्षाले धान भिजाउला भन्ने त्रासका कारण बाहिरबाट चार जना खेताला मगाएर धान भित्र्याउनु भयो । “पहिले परिवारका सदस्यले मात्रै भित्र्याउँथ्यौँ”, उहाँले भन्नुभयो“ यस वर्ष वर्षा हुने भनेपछि बुधबार नै भित्र्यायौँ ।”

त्यस्तै, सोही स्थानका किसान टोपकुमारी पोखरेलले पनि वर्षाको डरले छिटो–छिटो धान भित्र्याउनुभयो । गत वर्ष यस्तै मौसमका कारण धान कुहिएर पुनः सुकाउनु परेको स्मरण गर्दै उहाँले यसपालि छिट्टै भित्र्याएको बताउनुभयो । “गत वर्ष पानीले धान कुहिएको थियो”, उहाँले भन्नुभयो, “यस पटक नाति–नातिनी, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्यायौँ ।”

उहाँहरु मात्रै होइन, बुधबार दाङका किसानलाई धान भित्र्याउने चटारो थियो । खेतमा धान पाकिसकेको छ । आजदेखि वर्षा हुने पूर्वानुमान सार्वजनिक भए पनि बुधबार नै जसरी पनि धान भित्र्याउने दबाबमा किसान थिए ।

  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

  • विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

  • विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

    विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

  • मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सरकारी–सार्वजनिक–निजी जग्गाको सीमा छट्याउँदै काभ्रेपलाञ्चोकका स्थानीय तह

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    विपदबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत र पुनर्निर्माण गरिँदै

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution